११असार २०८०, काठमाडौं
साच कविहरू रामचन्द्र दाहाल, गणेश लोहनी, गोपी कृष्ण थापा, दुर्गा किरण तिवारी, मौनता थापा, कपिल अधिकारी र माधवबिडारीका सात सात कविताको संयुक्त संकलन “सोपान” पुस्तक काठमाडौंमा विमोचन भएको छ !
सो पुस्तकमा अतिथि कविका रुपमा दिनेश अधिकारी, प्रकाश घायल, प्रज्वल अधिकारीका कविताहरू समेत समावेश गरिएका छन्।
वरिष्ठ कवि तथा सस्कृतिबिद् तुलसी दिवस प्रमुख अतिथि रहेका सो कार्यक्रममा श्री ओम श्रेष्ठ” रोदन, तिलक लुइँटेल र कृष्णप्रसादभण्डारी मार्सेली विशिष्ट अतिथि रहेका थिए ।
सो अवसरमा कार्यक्रमको औचित्य र पुस्तकको महत्वपूर्ण तथ्यको विषयमा कृतिका सम्पादक तथा आयोजक संस्थाका उपाध्यक्षमाधव बिडारीले प्रष्ट पारेका थिए । साथै मौनता थापा, तारा के.सी , शुशिला शर्मा , गणेश लोहनी लगायतले आफ्ना रचना वाचन समेतगरेका थिए ।
उक्त कार्यक्रममा चितवन निवासी उपन्यासकार चिरञ्जीवी दाहाललाई नगद सहित सम्मान समेत गरिएको थियो ।