टेक्सासका गभर्नरलाई कोरोना सङ्क्रमण

मुख्य समाचार

विश्वपरिक्रमा डेस्क
१७ अगस्त, वाशिंटन डिसी

टेक्सासका गभर्नर ग्रेग आवोटलाई कोभिड-१९ सङ्क्रमण भएको छ । यो खवर सवभन्दा पहिला “त टेक्सान ट्रिब्युन” मा प्रकाशित भएको थियो ।
रिपब्लिकन पार्टीका आवोटले पूर्ण खोप लगाएका थिए । उनलाई सङ्क्रमणको कुनै लक्षण भने देखिएको छैन र उनी गभर्नरको म्यान्सनमा आइसोलेसनमा वसेका छन् । उनलाई रेगेनेरोन्स मोनोक्लोनल एण्टीवडी उपचार गरिएको छ ।
गभर्नरका प्रवक्ता मार्क माइनरले स्टेटमेण्ट जारी गर्दै वताएका छन् ।
माइनरले स्टेटमेण्टमा भनेका छन्, ” गभर्नरले दिनहुँ परीक्षण गर्ने गर्थे, तर पहिलोपल्ट पोजेटिभ देखियो । गभर्नरकी श्रीमतीको भने नेगेटिभ देखिएको छ । गभर्नरको कोभिड रिजल्ट पोजेटिभ निस्किएको वारेमा उनीसँग संसर्गमा रहेका सवैलाई जानकारी गराइसकिएको छ ।
गभर्नर हालैका दिनमा सार्वजनिक स्थानहरुमा देखिएका थिए र सोमवार राती रिपब्लिकन क्लवका विना मास्कको भीडलाई हेरिटेज र्याञ्चमा सम्वोधन गरेका थिए र सोको तस्वीर समेत ट्वीट गरेका थिए ।
उनले टेक्सासमा मास्क लगाउनुपर्ने नियम हटाएका थिए । उनले कार्यकारी आदेश मार्फत स्कूलमा मास्क अनिवार्य गर्ने नियमलाई हटाइदिएका थिए । उनले ” धेरै टेक्सासवासीहरु रोजगारको अवसरबाट वञ्चित भए, साना ब्यवसायहरु टिक्न मुस्किल भयो ” भन्दै व्यवसायहरु शतप्रतिशत क्षमतामा खोल्न अनुमती दिएका थिए ।
स्मरणीय छ, टेक्सास सर्वाधिक कोरोना सङ्क्रमण हुने दोश्रो राज्य हो । वर्ल्डोमिटर्स डट इन्फोका अनुसारअहिलेसम्म टेक्सासमा ३३ लाख ७४ हजार ६९० सङ्क्रमित भएका छन्, ५४ हजार ६७० ले ज्यान गुमाएका छन् र २ लाख ५४ हजार ५७७ सकृय सङ्क्रमित रहेका छन् । सिएनएनका अनुसार टेक्सास राज्यमा हाल ११ हजार ७९१ कोरोना सङ्क्रमितहरु अस्पतालमा उपचाररत रहेका छन् ।

 

Leave a Reply