भारतीय नेपाली स्रष्टा भगिरथ रावतको देहावसान

२६ जुन २०२६, कालिम्पोङ भारतीय नेपाली स्रष्टा भगिरथ रावतको २६ जुनका दिन दुःखद निधन भएको छ । उनलाई फोक्सोको क्यान्सर भएको थियो । साहित्यका विविध विधामा कृति प्रकाशन गरेका रावतका कृतिहरूमा असीको दशकमा भएको गोर्खाल्याण्ड आन्दोलनताका प्रकाशित त्यसै पृष्ठभूमिका दुई उपन्यास ‘ वास सल्किरहेछ’ र ‘माटोको माया’विशेष चर्चित रहेका थिए र त्यस कालखण्डको दस्तावेजका रुपमा […]

Continue Reading

“त्रिवेणीको अर्को लहर” प्रकाशित

“त्रिवेणीको अर्को लहर” प्रकाशित १२ असार २०८३, काठमाडौं नेपाली गीतका शब्द, संगीत र स्वर साधकहरुका रोचक अनुभव समेटिएको “त्रिवेणीको अर्को लहर” साझा प्रकाशनव्दारा प्रकाशित भएको छ । खासगरी बिसदेखि चालिसको दशकसम्म गीत रचना, संगीत तथा स्वर साधनामा समर्पित रहेका ५८ साधकहरुसँग लेखक श्रीरामसिंह बस्नेत तथा सुभाषचन्द्र पौडेल “भीमफेदीया”ले गरेको अन्तर्वार्ताको यस पुस्तकमा नेपाल तथा भारतीय […]

Continue Reading

मासिक कथावाचन कार्यक्रमको एकतीसौं श्रृङ्खला सम्पन्न

२९ जेठ २०८३, काठमाडौं २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौंमा आयोजन गरिँदै आएको कथावाचन कार्यक्रमको एकतीसौं श्रृङ्खला सम्पन्न भएको छ । नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत शुरु गरिएको यस कार्यक्रममा सधैँ झैँ कुनै एक दिवंगत स्रष्टाको सम्मानमा उहाँको एउटा प्रकाशित कथा वाचन गरेर कार्यक्रम आरम्भ गर्ने गरिन्छ । त्यस अनुसार यस पटक कथाकार […]

Continue Reading

नियात्राकार इल्या भट्टराईको व्यक्तित्व र कृतित्व बारे परिचर्चा सम्पन्न

१४ जेठ २०८३, काठमाडौं नियात्रा समाज नेपालको आयोजनामा नियात्राकार इल्या भट्टराईको व्यक्तित्व र कृतित्व बारे परिचर्चा कार्यक्रम लेखिकाकै निवासमा सम्पन्न भयो । कार्यक्रममा नियात्राकार तथा कथाकार चन्द्रप्रसाद भट्टराई, समालोचक डा.ज्ञानु अधिकारी, नियात्राविद् जय छाङ्छा नियात्राकार पवन आलोक, तथा गीता खत्रीले इल्या भट्टराईको व्यक्तित्व र कृतित्वबारे प्रकाश पारे । परिचर्चाका क्रममा बक्ताहरूले लेखिका ईल्याका पाँच नियात्रा […]

Continue Reading

रामप्रसाद पन्तका दुई नियात्राकृति र एउटा गीतको लोकार्पण सम्पन्न

२ जेठ २०८३, काठमाडौं नियात्राकार रामप्रसाद पन्तका चौबीसौँ र पच्चीसौँ नियात्राकृतिहरू’शिखर शिखरको सौर्न्दर्य’र ‘शिवलोकको आलोक’को लोकार्पण भएको छ। सो पुस्तक कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.गोविन्दराज भट्टराई , सभाध्यक्ष दायित्व वाङ्मय प्रतिष्ठान,नेपालका उपाध्यक्ष प्रा.डा.भागवत ढकाल तथा मञ्चासिन व्यक्तित्वहरू प्रा.डा.रामप्रसाद ज्ञवाली,स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’समालोचकद्वय प्रमोद प्रधान र युवराज मैनाली,नियात्रा समाजका अध्यक्ष मोहन चापागाई ले सामुहिक रुपमा […]

Continue Reading

नेपाल-भारत साहित्यिक सांस्कृतिक सद्भाव कार्यक्रम सम्पन्न

३० बैशाख २०८३, काठमाडौं जरा फाउन्डेसन नेपाल,साहित्यिक पत्रकार संघ तथा शान्ति साहित्य परिवारको संयुक्त आयोजनामा राजधानीमा नेपाल-भारत सांस्कृतिक सद्भावको एक दिवसीय साहित्यिक तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। विश्व बंग साहित्य तथा संस्कृति सम्मेलन कार्यक्रममा भारतको कोलकाता तथा सिक्किमबाट आएका साहित्यकारहरूलाई स्वागत गरिएको थियो । कार्यक्रममा उनीहरूले कविता तथा गीतहरू प्रस्तुत गरेका थिए। सो कार्यक्रममा […]

Continue Reading

मासिक कथावाचन कार्यक्रमको तीसौं श्रृङ्खला सम्पन्न

२५ बैशाख २०८३, काठमाडौं नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौंमा गरिँदै आएको मासिक कथावाचन कार्यक्रमको तीसौं श्रृङ्खला सम्पन्न भएको छ । सधैँ झैँ कुनै दिवंगत स्रष्टाको सम्मानमा एउटा कथा वाचन गरेर कार्यक्रम आरम्भ गर्ने गरिए अनुसार सर्वप्रथम कथाकार हृदयचन्द्र सिंह प्रधानको कथा ‘सौता’ डा पबित्रा अधिकारीले वाचन गरिन् […]

Continue Reading

त्रिकुटी संयुक्त लघुकथासङग्रहको लोकार्पण कार्यक्रम सम्पन्न !

२६ बैशाख २०८३, काठमाडौं शब्दार्थ प्रकाशनको आयोजनामा लघुकथाका त्रय स्रष्टा प्रा. विश्वराज अधिकारी , डा. कुसुमाकर शर्मा गौतम र खेमराज पोखरेलद्वारा रचिएको त्रिकुटी संयुक्त लघुकथासङग्रहको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । लोकार्पण प्राध्यापक , छन्दकवि पीताम्बर दाहाल , प्रमुख अतिथि भागिरथी श्रेष्ठ , वक्ताहरू डा. दीनबन्धु शर्मा , महेश पौडेल , डा. नवराज खतिवडा , […]

Continue Reading

मृत्यु-उत्सव कविताकृति लोकार्पित

२५ बैशाख २०८३, काठमाडौं कवि शेखर ढुङ्गेलको कविताकृति‘मृत्यु–उत्सव‘को लोकार्पण भएको खबर छ। साहित्यिक पत्रकार संघको आयोजित कार्यक्रममा मञ्चासिन अतिथिहरू कलाकार मदन दास श्रेष्ठ, कलाकारतथा कवि नरेन्द्र बहादुर श्रेष्ठ,समालोचक प्रमोद प्रधान,वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ,साहित्यकार गोविन्द गिरीप्रेरणा,इतिहासविद् प्रा.डा. सुरेन्द्र केसी,अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी,पत्रकार देवप्रकाशत्रिपाठी,नेपाल गीतकार संघका अध्यक्ष वसन्त थापा‘वित्यासी‘,अनेसास के.स.तारा उप्रेती ( क्यानडा ) तथा […]

Continue Reading

हाम्रो लघुकथा केन्द्रको स्रष्टा सम्मान र लघुकथाकृति विमोचन

१९ भदौ २०८३, दक्षिणकाली हाम्रो लघुकथा केन्द्रले स्रष्टा सम्मान र हाम्रा लघुकथा संयुक्त लघुकथासङ्ग्रह विमोचन कार्यक्रम सम्पन्न गरेको छ । विमोचित लघुकथासङ्ग्रहमा संस्थाका ८१ जना आजीवन सदस्यहरूका लघुकथा र गत वर्ष भदौ १४ गते संस्थाले आयोजना गरेको उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय लघुकथा प्रतियोगिताका प्रतियोगी लघुकथा २९ वटा गरी ११० लघुकथाहरू समेटिएका छन् । केन्द्रका अध्यक्ष डा. […]

Continue Reading