वेदव्यासको जीवनी र महान् रचनाहरू

भाष्कर मैनाली शर्मा, दार्जिलिङ पौराणिक मान्यताअनुसार वेदव्यासको जन्म यमुना नदीको एउटा टापु (द्वीप) मा भएको थियो। यही कारण उनलाई द्वैपायन पनि भनिन्छ। केही ग्रन्थहरूमा जन्मस्थान उत्तर प्रदेशको काल्पी क्षेत्र (यमुना किनार) भनिएको पाइन्छ। वेदव्यासको जन्मको ठ्याक्कै ऐतिहासिक मिति छैन। तर परम्परागत मान्यताअनुसार उनको जन्म ईसा पूर्व करिब १५००–१२०० वर्षको बीचमा भएको मानिन्छ। वेदव्यास ऐतिहासिक भन्दा […]

Continue Reading

कथासंग्रह शब्द समय एक पाठकीय दृष्टिकोणमा

भाष्कर मैनाली शर्मा, दार्जिलिङ शब्द समय कथासंग्रह यही वर्ष २०२६ को जनवरी महिनामा पहिलो चोटी प्रकाशित भएको हो। यस कथासंग्रह कुनै एक लेखक वा कथाकारले मात्रै लेखेको कथासंग्रह होइन तर धेरै कथाकार हरुको कथाहरूको संगालो यस शब्द समय कथासंग्रह हो। यस सङ्ग्रहमा जम्मा ४१ वटा कथाहरूको रहेको छ र यि ४१ वटा कथाहरूको लेखकहरु पनि […]

Continue Reading

सुबिन भट्टराईद्वारा लिखित साया उपन्यास : एक पाठकीय दृष्टिकोण

भाष्कर मैनाली शर्मा, दार्जिलिङ सुबिन भट्टराईद्वारा लिखित उपन्यास ‘साया’ सन् २०१४ मा काठमाडौँबाट पहिलोपटक प्रकाशित भएको हो। यो उपन्यास लेखकको अत्यन्त लोकप्रिय कृति ‘समर लभ’ को दोस्रो भागका रूपमा परिचित छ। ‘समर लभ’ मा सुरु भएको कथावस्तुलाई निरन्तरता दिँदै ‘साया’ले त्यही कथालाई अर्को मोडमा अगाडि बढाएको छ। ‘समर लभ’ जहाँ समाप्त हुन्छ, ‘साया’ उपन्यास त्यहीँबाट […]

Continue Reading

हिमालय पौडेल र शिखण्डी : सिंहावलोकन

बालकृष्ण काफ्ले, उदयपुर सर्जकको चिनारी: सामाजिक सञ्जालको उपयोग हुँदै गर्दा बेला-बेला छन्द कविताहरू पाठकसामु पस्कदै आउनु भएका एक उदयपुरे साधक हुन् हिमालय पौडेल । बाक्लै रुपमा मधुपर्क, शारदा, शाल्मलि, जनमत, शब्दसंयोजन आदि साहित्यिक पत्रपत्रिकाहरूमा आफ्नो रचना (विशेष गरी छन्दका कविता) प्रकाशनसँगै थोरै साहित्यिक चिनारी बनाएका साहित्यपारखी पौडेल पछिल्लो समयमा मनग्यै सक्रिय हुँदै साहित्यिक कार्यक्रमहरूमा उद‌यपुरे […]

Continue Reading

सिद्धार्थ गौतम : गम्भीरतादेखि बुद्धत्वसम्म

गोविन्द पौडेल , काठमाडौं सिद्धार्थ गौतम वर्तमान सौर्य गणनामा आधारित पात्रोका अनुसार एक ऐतिहासिक व्यक्ति हुन् । यद्यपि उनका विषयमा तथ्यपरक वस्तु कम र मिथहरू ज्यादा भेटिन्छन् । उनी यही धरतीमा अवतरण भएका शाक्यमुनि बुद्ध थिए। उनलाई दिइएको आम नाम सिद्धार्थ थियो । उनको क्षत्रीय कुल शाक्य वा शाक्यमुनिहरूको समुदाय थियो। बौद्धहरूका लागि उनी तथागत […]

Continue Reading

सिनोटे इक किलको फन्को

गीता खत्री, न्युयोर्क ।  मेक्सिको भ्रमणको तेस्रो पटक सन् २०१५ को जुनमा म कोजुमेल पुगेकी थिएँ । खास उद्देश्य कोजुमेल र कानकुनको थियो । तर मौकामा हिरा पनि फोर्नु पर्छ भने झैं त्यो भन्दा निकै परको ऐतिहासिक तथा प्राचीन बस्तुहरु हेर्ने रहरमा चेचेनिट्जासम्म पुगेँ । चिचेनिट्जाभित्रका पिरामिडहरूको छोटो यात्रा सकेर मेरो बुवा कमलबहादुर खड्का, श्रीमान […]

Continue Reading

लङ्काको राजा र आत्माको खोज: रावणको कथामञ्जरी

भाष्कर मैनाली शर्मा, दार्जिलिङ  रावणको जन्म कसरी भयो भन्ने कुरा रामायणका अनुसार पुलस्त्य ऋषिको पौत्र अर्थात् नाती भएको बताइएको छ। उनका पिता विश्रवा ऋषि र आमा कैकसी थिइन्। विश्रवा ऋषिसँग तीन पत्नीहरू थिइन्—वरवर्णिनी, राका र कैकसी। यी मध्ये कैकसीबाट रावण र कुंभकर्णजस्ता राक्षसहरू जन्मिएका हुन् किनकि उनले सौतेली आमाको दाहक समयमा गर्भधारण गरेकी थिइन्।वाल्मीकि रामायणमा […]

Continue Reading

यदि म मरेको भए … ! (नियात्रा)

सागर गैरे, कोहलपुर (सागर गैरे कोहलपुरमा ब्यवसाय र लेखनमा जति सक्रिय छन्, नियमित साइकल यात्रा र स्वदेश भ्रमणमा पनि उत्तिकै सकृय छन् । ती भ्रमणहरू उनमा मात्र सीमित छैन, तिले शब्दको बाणी पाउँछन् र पाठकको हातहातमा पुग्छन् । उनको नयाँ भ्रमण साहित्य “एउटा अल्बाट्रस” प्रकाशनको तयारीमा छ । अब छिट्टै पाठकको हातमा आउन लागेको सो […]

Continue Reading

कृष्णचन्द्रसिंह प्रधान शतबार्षिकी विशेष बाह्र

कृष्णचन्द्र दाइसँग भेट नहुने भोलि श्रीओम श्रेष्ठ ‘रोदन’, काठमाडौं वि.सं.२०६७ असार १७ गतेको त्यो साँझ धेरै लेखकहरु एउटै जमघटमा थियौं । अमेरिकामा बसिरहनु भएका साहित्यकार राजव दाइकी छोरीको बिहेको निम्तो मानिरेहका थियौं । पचासौं जना साहित्यकारहरु स–साना समूहमा जमिरहेका थिए । रचनाका रोचक घिमिरे, अभिव्यक्तिका नगेन्द्रराज शर्मा, कवि श्यामलसँगै थिएँ म । साँझको सात नबजिसकेको […]

Continue Reading

भूतको कथा

जानकीप्रसाद पराजुली मैनाले झ्वाट्ट सम्झिन् , ठुली आमाले एक दिन सुनाकी थिइन् भूतको कथा । त्यो कथा यै बाटोमा हिंड्दाको थियो । उनले भन्थिन् , “तिवुजे खोलाको बाटो कहिल्यै नहिंड्नु है । बाटोको छेउमा अलच्छिनी डरलाग्दो भिर छ । यो भिरले वर्षको एकजना मान्छे खान्छ । हिंड्दा हिंड्दै स्वाट्टै खसेको थाहै हुँदैन । कसरी लान्छ, […]

Continue Reading