लक्ष्मी रेग्मी खनाल, वालिङ् स्याङ्जा
‘दिदी नमस्कार कता गएर आउनुभएको ?’ सन्ध्याले सोधिन् ।
कमलाले भनिन् -‘हाम्रो आज नयाँ पार्टीको सांसद आउनु भएको थियो । भेटघाट गरेर आएको । अब त सास फेर्न सकिन्छ कि ? लुटेराहरुले खुब लुटेका रहेछन । यत्रो पैंतीस बर्ष केही गरेनन् ।’
सन्ध्या मुसुक्क मुस्कुराउदै भनी, ” हो है दिदी । किन हाँसेकी सन्ध्या किन तिमीलाई लागेको छैन र अब आमुल परिवर्तन हुन्छ भनेर ?’
सन्ध्याले भनि, “हजुरले खै कस्तो परिवर्तन खोज्नु भयो । मैलै त टुकिमा पढेकी पछि बिजुली पाएँ, खेति गर्न पनि आधुनिक प्रविधि पाएकी छु, हाम्रो दैलोमै बाटो पीच भएर गाडी घुईंकिएका छन् । सुरुङ मार्गहरु सञ्चालनमा आउने तयारीमा छन्, छोराछोरीलाई जस्तो भन्यो त्यस्तै पढ्न नेपालभित्रै पाएको देख्छु , सामाजिक सञ्जालहरुले पनि निकै फड्को मारेका छन्, समानता र समताको परिवेश छाएको छ, हामीजस्तै छोरीहरु सडकदेखि सदन हाँक्ने भइसके, छाउपडी, कमलरी, दाइजो र हली जस्ता सामाजिक कुप्रथाहरु हटेका छन् । अझ भनौं विकासका पुर्वाधारहरु पनि फैलिंदैछन् । पछाडि परेको हाम्रो कर्णाली पनि मुस्कुराउन थालेको छ । हस्पिटलमा जटिल केसहरुमा सरकारले सेवा छुटहरु दिएकै थियो बरु अहिले कर हो कि के जाति लाग्छ रे ! हामी अहङ्कारी छौं दिदी छिमेकी काकीको जस्तै सजावट आफ्नी आमामा खोज्छौं अनि कालो मुख पार्छौं । हुनुपर्ने अझै छन् र हुँदै थिए । हजुर हाम्रै नयाँ सरकारले के के ग-यो अनि बोल्दैछ । प्रश्नको उत्तर अरुलाई दोष लगाएर हैन हामी आफुले आफैंलाई गरौं । हुँदै नभएको कि ? हुनुपर्ने जति नभएको ? उत्तर आफै भित्र पाउनु हुनेछ । सन्ध्या तिमीलाई त केटाकेटी नै सम्झिन्थें समझदार रहिछौ ।’
सन्ध्या भन्छिन् – ‘हो दिदी हामीले विद्वानका विचार पढ्नुपर्छ । इतिहासका अभिलेखहरु अध्ययन गर्नुपर्छ । गल्तीलाई सुधार्नुपर्छ , पीडितले न्याय पाउनुपर्छ ।
यतिकैमा कमला भन्छिन्-‘ल है बहिनी तिमीले त मलाई आफैसँग लज्जित बनायौ म प्रयास गर्नेछु भिडको भन्दा नि विचारलाई पछ्याउने ।’
०००
