रुडयार्ड किप्लिङको जीवन, साहित्य र विश्व ख्याति

भाष्कर मैनाली शर्मा, दार्जिलिङ । रुडयार्ड किप्लिङ एक प्रसिद्ध अंग्रेजी साहित्यकार हुन्, जसको जीवन र पारिवारिक परिवेशले उनको लेखनमा गहिरो प्रभाव पारेको छ। उनको जन्म ३० डिसेम्बर १८६५ मा मुम्बई/बम्बई मा भएको थियो। उनी ब्रिटिश शासनकालको भारतमा जन्मिएका थिए, जसले गर्दा उनले सानैदेखि भारतीय समाज, संस्कृति र वातावरणलाई नजिकबाट अनुभव गर्ने अवसर पाए। किप्लिङ एक […]

Continue Reading

दयाराम श्रेष्ठको ‘कथा दर्शन’ भित्रको दर्शन

नवीन पौड्याल, कालिम्पोङ विषय प्रवेश नेपाली साहित्यमा विधापरक समालोचना निकै फस्टाएको छ। कविता, कथा, उपन्यास नाटक निबन्ध आदि एकेक विधामा दुई चारजना आधिकारिक विद्वान् र समालोचक हुन्छन्। ती सम्बन्धित विधाका सम्बन्धित विद्वानको मत, मान्यता र अड़ानलाई आधिकारिक मानिन्छ। नेपालीका यस्ता विधापरक समालोचकहरूले विधाको अध्ययनको फाँटको निकै विस्तार गरेका छन्। यस्तै नेपाली कथाविधाका आधिकारिक व्यक्तित्व हुन् […]

Continue Reading

सम्झनाको सागरमा दाइ लीलबहादुर

मुक्तिप्रसाद उपाध्याय, सिलगढ़ी “यस कृतिका सर्जकलाई म सानैदेखि मुक्ति भनेर बोलाउँदथिएँ। अहिले पनि पुछारमा भाइ शब्द जोड़ेर ‘मुक्तिभाइ’ भनेरै बोलाउने गर्छु। उनको किशोर अवस्था भनौँ बाल्यकालदेखि नै देख्दै आएको, भेट्दै आएको र उभय पक्षबाट पारिवारिक सम्बन्ध सरह माया साट्दै आएको छ भने, त्यहाँ मान मनिताका प्याउला शब्दभन्दा हँसिला रसिला चल्ती शब्द नै मनोग्राही हुन्छन् भन्ने […]

Continue Reading

फ्रायडीय दृष्टिकोणमा गुप्त प्रधानको ‘जङ्ग‌ली घोड़ा’

नवीन पौड्याल, कालिम्पोङ भारतीय नेपाली साहित्य अध्ययन समिति, वाराणसीको मुखपत्र ‘अयन’-को छैटौं अङ्क सन् १९९८ र प्राक् प्रकाशन, सलुवाबाट प्रकाशित गुप्त प्रधानको तेस्त्रो कथासङ्ग्रह ‘विराम चिह्नहरू’ (सन् २००२) मा सङ्ग्रहित ‘जङ्गली घोड़ा’ कथा विशेष गरी मनोविज्ञानमा रूचि राख्ने पाठकका निम्ति निकै रोचक र आकर्षक बनेको छ। गुप्त प्रधानका रतिरागात्मक परिपाटीका केही कथामध्ये प्रस्तुत ‘जङ्गली घोड़ा’ […]

Continue Reading

वेदव्यासको जीवनी र महान् रचनाहरू

भाष्कर मैनाली शर्मा, दार्जिलिङ पौराणिक मान्यताअनुसार वेदव्यासको जन्म यमुना नदीको एउटा टापु (द्वीप) मा भएको थियो। यही कारण उनलाई द्वैपायन पनि भनिन्छ। केही ग्रन्थहरूमा जन्मस्थान उत्तर प्रदेशको काल्पी क्षेत्र (यमुना किनार) भनिएको पाइन्छ। वेदव्यासको जन्मको ठ्याक्कै ऐतिहासिक मिति छैन। तर परम्परागत मान्यताअनुसार उनको जन्म ईसा पूर्व करिब १५००–१२०० वर्षको बीचमा भएको मानिन्छ। वेदव्यास ऐतिहासिक भन्दा […]

Continue Reading

कथासंग्रह शब्द समय एक पाठकीय दृष्टिकोणमा

भाष्कर मैनाली शर्मा, दार्जिलिङ शब्द समय कथासंग्रह यही वर्ष २०२६ को जनवरी महिनामा पहिलो चोटी प्रकाशित भएको हो। यस कथासंग्रह कुनै एक लेखक वा कथाकारले मात्रै लेखेको कथासंग्रह होइन तर धेरै कथाकार हरुको कथाहरूको संगालो यस शब्द समय कथासंग्रह हो। यस सङ्ग्रहमा जम्मा ४१ वटा कथाहरूको रहेको छ र यि ४१ वटा कथाहरूको लेखकहरु पनि […]

Continue Reading

सुबिन भट्टराईद्वारा लिखित साया उपन्यास : एक पाठकीय दृष्टिकोण

भाष्कर मैनाली शर्मा, दार्जिलिङ सुबिन भट्टराईद्वारा लिखित उपन्यास ‘साया’ सन् २०१४ मा काठमाडौँबाट पहिलोपटक प्रकाशित भएको हो। यो उपन्यास लेखकको अत्यन्त लोकप्रिय कृति ‘समर लभ’ को दोस्रो भागका रूपमा परिचित छ। ‘समर लभ’ मा सुरु भएको कथावस्तुलाई निरन्तरता दिँदै ‘साया’ले त्यही कथालाई अर्को मोडमा अगाडि बढाएको छ। ‘समर लभ’ जहाँ समाप्त हुन्छ, ‘साया’ उपन्यास त्यहीँबाट […]

Continue Reading

हिमालय पौडेल र शिखण्डी : सिंहावलोकन

बालकृष्ण काफ्ले, उदयपुर सर्जकको चिनारी: सामाजिक सञ्जालको उपयोग हुँदै गर्दा बेला-बेला छन्द कविताहरू पाठकसामु पस्कदै आउनु भएका एक उदयपुरे साधक हुन् हिमालय पौडेल । बाक्लै रुपमा मधुपर्क, शारदा, शाल्मलि, जनमत, शब्दसंयोजन आदि साहित्यिक पत्रपत्रिकाहरूमा आफ्नो रचना (विशेष गरी छन्दका कविता) प्रकाशनसँगै थोरै साहित्यिक चिनारी बनाएका साहित्यपारखी पौडेल पछिल्लो समयमा मनग्यै सक्रिय हुँदै साहित्यिक कार्यक्रमहरूमा उद‌यपुरे […]

Continue Reading

सिद्धार्थ गौतम : गम्भीरतादेखि बुद्धत्वसम्म

गोविन्द पौडेल , काठमाडौं सिद्धार्थ गौतम वर्तमान सौर्य गणनामा आधारित पात्रोका अनुसार एक ऐतिहासिक व्यक्ति हुन् । यद्यपि उनका विषयमा तथ्यपरक वस्तु कम र मिथहरू ज्यादा भेटिन्छन् । उनी यही धरतीमा अवतरण भएका शाक्यमुनि बुद्ध थिए। उनलाई दिइएको आम नाम सिद्धार्थ थियो । उनको क्षत्रीय कुल शाक्य वा शाक्यमुनिहरूको समुदाय थियो। बौद्धहरूका लागि उनी तथागत […]

Continue Reading

सिनोटे इक किलको फन्को

गीता खत्री, न्युयोर्क ।  मेक्सिको भ्रमणको तेस्रो पटक सन् २०१५ को जुनमा म कोजुमेल पुगेकी थिएँ । खास उद्देश्य कोजुमेल र कानकुनको थियो । तर मौकामा हिरा पनि फोर्नु पर्छ भने झैं त्यो भन्दा निकै परको ऐतिहासिक तथा प्राचीन बस्तुहरु हेर्ने रहरमा चेचेनिट्जासम्म पुगेँ । चिचेनिट्जाभित्रका पिरामिडहरूको छोटो यात्रा सकेर मेरो बुवा कमलबहादुर खड्का, श्रीमान […]

Continue Reading