आज मेरो देश

सीता अर्याल, म्याडिसन, विस्कानशीन आकाश आज च्यातिएको चिठीझैँ छ आशाका अक्षरहरू वर्षाले बगाएको छ आमाको काख माटो पसिनाको फूल फुल्न नपाई वैलाएको छ। युवाहरू उडे चराझैँ परदेश खाली गुँडले प्रत्येक साँझ सुस्केरा हालिरहेको छ गाउँका बाटाहरू वृद्ध आँखाझैँ पर्खाइका जुलूसले भरिएका छन्। सत्ताका दरबारहरू सुनौलो पिँजडाझैँ चम्किए जनताको सपना भोकले चाउरिएको कमलझैँ झरिरह्यो। देश मेरो […]

Continue Reading

हराएको मुस्कान

मीना श्रेष्ठ, इटहरी बा गए एकपटक पनि पछाडि नहेरी कहिल्यै नफर्किने गरी बादल पारीको गाउँ जादा माताजीको गलाको पोते हातका इन्द्रधनुषी चुराहरू बट्टामा राखेको कुमकुम मिश्रित सिन्दुरको डिब्बा शुध्द लिएर गए। बाले त्यति मात्र लगेनन् , मेरो शिरको ताज कर्ली कपाल लिएर गए वाणीमा सम्मोहन थप्ने मेरो मुस्कान पनि लिएर गए। लैजानै परे पछि, किन […]

Continue Reading

चार मुक्तक

नीमा डि.सि., कोहलपुर बाँके हाल:अमेरिका एक खाइन्छ सिन्की-ढिँडो भोकलाई खीर किन चाहियो? सङ्घर्ष मनको साथी हो भने व्यर्थ पीर किन चाहियो शब्दले रिटिदिए पुग्छ यो सानो मेरो कोमल मुटुलाई मुटुमै हान्नलाई धारिलो हतियार र तीर किन चाहियो! ! दुई खुसी दिन्छु भनेर पाइला मोड्नु हुन्न साथी मुटुभित्र दु:ख थुपार्न नाता जोड्नु हुन्न साथी मन हो […]

Continue Reading

गाड़ीभित्रको यात्रा

नवीन पौड्याल, कालिम्पोङ   कति चाँड़ो समय बित्दछ काला केश सेता भए, कच्चा सड़क चिल्ला भए चिल्ला सड़क खस्रा भए । बिरूवा रूख भए, हरिया रूख बुढा भए।   कति वर्ष भयो गाड़ीको यात्रा अझ त्योभन्दा बढी गाड़ीभित्रको यात्रा दैनिक पाँचजनाको गाडीको यात्रा दैनिक ओहोरदोहोर दैनिक उही उकाली ओराली दैनिक दृश्य उही गाड़ी दैनिक उही […]

Continue Reading

म अर्थात् आँधीखोला उकालोमै बगिरहेको छु ! (कविता)

  मिलन समिर, स्याङ्जा, नेपाल म अर्थात् एउटा अर्को उत्तरआधुनिक अभागी युवा श्रवणकुमारको असामयिक अप्रत्याशित मृत्युको अकल्पनीय शोकको घडीमा अन्धाअन्धी वृद्ध बाबुआमाको अभागी अदृश्य आँखाहरुको नाकेडाँडाको भिरालो बाटोहुँदै अविरल सम्झनाको पिँधमा एकोहोरो टोलाउँदै बसिरहेको बाल्यकालीन स्मृतिलाई चिहाउँदै साउने झरी बनेर झरेसँगै भुमाफिया र दलालहरुको गिद्दे नजर मैमाथि परेसँगै हेलिएर नैतिकताको आचरणले सधैँका लागि जीवनसागर तरेसँगै […]

Continue Reading

दन्त दर्द (कविता)

सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ आँतको रोगीलाई एउटा दाँतले गर्नुगर्यो भाँच्चिएको दाँतको जरा बाङ्गिएर संकटमा पर्यो एन्टिबायोटिक खाए पनि शल्यक्रिया गर्नुपर्यो कुशल सर्जन भेटेपछि बल्ल ठूलो समस्या टर्यो समस्या टर्नु त टर्यो र पनि दुई चार दिनलाई मौन व्रत बस्नुपर्‍यो। ००० १६ चैत २०८२ धुम्बाराही,काठमाडौं।

Continue Reading

केही हाइकु

सुभाषचन्द्र पौडेल भीमफेदीया, धुम्बाराही,काठमाडौं। पूर्व नभमा उदाउँछन् सधैँ पूज्य भास्कर। पश्चिममा जो अस्ताउँछन् सधैँ ती दिवाकर। कस्तूरी मिर्ग जङ्गल कुद्या कुद्यै नाभिको वास्ना। गैरी खेतमा हलो पनि जोतियो बीउ छर्नु छ। ०००

Continue Reading

कोदे : आत्मकथ्य

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’, काठमाडौं   म जन्मँदै कोदेको उपमा बोकेर धरतीमा पहिलो पाइला टेकेँ– कोदेकै घरभित्र ।   त्यसैले मेरो पुर्ख्यौली पनि कोदे, म जन्मजातै कोदे– मेरो रङ कोदे, काम कोदे, खाना पनि कोदे ।   म आकाशसँग हाँस्दै उभिएको डाँडामा बाख्रा चराउँदै, कोदोसँगै खेल्दै हुर्किएँ– बारीका सुन्दर गरा–गरामा हरियाली डिल र कान्लामा । […]

Continue Reading

श्रापित मेरो गाउँ

नवीन पौड्याल, कालिम्पोङ श्रापित गाउँमा न सज्जन बस्छन् न सचेत न विवेक राख्छन् न बुध्दि लाउँछन् कहिले नमिल्ने कहिले नबुझ्ने सदैव अचेत अलमस्त असरल्ल मित्रले तिमी यस्तो नगर भन्दा नमान्ने शत्रुले यस्तो गर भन्दा लम्पट भएर मान्ने गुहु र गोबर नचिन्ने सुन र नुन एकै ठान्ने मेरो श्रापित गाउँ कति महान! मेरो गाउँ कति उदार […]

Continue Reading

हिमालले खेपेको शरण

सर्वज्ञ वाग्ले, क्यालिफोर्निया इतिहास कहिलेकाहीँ तोपको गर्जनले होइन, मौन निर्णयको धड्कनले मोडिन्छ। ल्हासा प्रार्थनाले बाँचेको शहर, जहाँ मन्त्रहरू हावामा तैरिन्थे र हिउँले देवताका पाइला ढाक्थ्यो। १९५९ को मार्च, अफवाहहरू आगोझैँ फैलिन थाले करुणाको अवतार अब निशानामा छ। नोरबुलिङ्का वरिपरि मानिसको पर्खाल उभियो न हातमा हतियार, न मुखमा नारा, मात्र एउटै प्रार्थना “हाम्रो लामा बाँचून्।” चिनियाँ […]

Continue Reading