आज मेरो देश
सीता अर्याल, म्याडिसन, विस्कानशीन आकाश आज च्यातिएको चिठीझैँ छ आशाका अक्षरहरू वर्षाले बगाएको छ आमाको काख माटो पसिनाको फूल फुल्न नपाई वैलाएको छ। युवाहरू उडे चराझैँ परदेश खाली गुँडले प्रत्येक साँझ सुस्केरा हालिरहेको छ गाउँका बाटाहरू वृद्ध आँखाझैँ पर्खाइका जुलूसले भरिएका छन्। सत्ताका दरबारहरू सुनौलो पिँजडाझैँ चम्किए जनताको सपना भोकले चाउरिएको कमलझैँ झरिरह्यो। देश मेरो […]
Continue Reading