नाग पञ्चमी

किरण आचार्य, नेपालगञ्ज नागपञ्चमीको दिन नागको फोटोमा पूजाआजा गरिसके पछि कमला र उनका परिवार विहानको भात खाने तरखर गर्न लागेका थिए कि बाहिर बिन बजाएको आवाज आयो । छोरी निशाले भनी , ” आहा !! मलाई बिनको आवाज कस्तो मनपर्छ । बलिउडको नागिन फिल्मलाई सम्झिन्छु ।” “किन नि ? ” ब्यङ्ग गर्दै दाजु महेशले सोध्यो […]

Continue Reading

कठोरता र करुणा बीचको शिक्षकको कथा

भाष्कर मैनाली शर्मा, दार्जिलिङ दार्जीलिङको कुहिरोले ढाकिएको एक शान्त र मनमोहक बिहान थियो। चियाबारीका हरिया पाखाहरूमा ओसका थोपा मोतीझैँ टल्किरहेका थिए र बिस्तारै आकाशको क्षितिजबाट सुनौलो घामका किरणहरू झुल्कँदै पृथ्वीलाई न्यानोपन दिन थालेका थिए। विद्यालयतर्फ उकालो लाग्दै गर्दा चिसो हावाले अनुहार स्पर्श गर्थ्यो, जसले शरीर मात्र होइन, मनलाई पनि ताजगीले भरिदिन्थ्यो। त्यही प्राकृतिक सौन्दर्यको काखमा […]

Continue Reading

माला (कथा)

  माधव सयपत्री (कथाकार माधव सयपत्रीको कथा सङ्ग्रह “माला” हालै प्रकाशित भएको छ । सो कथा सङ्ग्रहमा २२ कथाहरू रहेका छन् । पुस्तकको शिर्षक कथा “माला” पाठकहरूका लागि प्रस्तुत छ ।) ‘म एउटा कुरा भन्चु, मान्चस् कान्छा ?’ मालाले लाडिएर सोधी । ‘के कुरा माला ?’ मैले प्रेमपूर्वक सोधेँ । ‘अँ, म अ‍ैले भन्दिनँ । […]

Continue Reading

कथाको  कथा

ऋचा गौतम, सिड्नी, अष्ट्रेलिया एकादेशमा एउटा मोटे कथा थियो। साहित्यको शव्द नगरी भन्ने ठाउँमा त्यस मोटे कथा, आफ्ना छिमेकी बन्धु कविता, निबन्ध, उपन्यास, संस्मरण, गजलहरूसँग बसोबास गर्थ्यो। कथाको घर र थर दुबै, अरू छिमेकीकाझैँ सामान्य थियो। कहिलेकाहीँ कविताको घरमा लटरम्म फलेका शब्दरुपि अलङ्कारहरु कविताले मोटे कथासँग बाँढ्थ्यो! कहिलेकाहीँ गजलहरू सन्चो-बिसन्चो सोध्न आउँथे। सबै मिलेरै बसेकै […]

Continue Reading

मृत्यु भय (लघुकथा)

किरण आचार्य, नेपालगन्ज साँझपख घुम्न निस्किदा एकजना वृद्ध व्यक्तिसित कुराकानी गफगाफ हुन लाग्यो | छोटो समयमा नै मबाट निकै प्रभावित भएका उनीसित भेट्दा एकअर्काका कुरा सुन्ने क्रम बढ्यो | हामी दुवै आआफ्ना मनमा गुम्सिएका भाव अभिव्यक्त गर्ने गर्थ्यौं अनि खुशी हुने गर्थ्यौं | आज उनी निकै उदास थिए | मैले सोधें , “बुबा , आज […]

Continue Reading

नियत र नियति (कथा)

  श्रीराम सिंह बस्नेत फैसला सुनाएपछि सही गरेर न्यायाधीशले निबै भाँचिने गरी ठोसेर कलम हुत्याइदिए । अनि आसनबाट उठेर केही नबोली आफ्नो कक्षतर्फ लागे । इजलासमा जम्मा भएका अरु पनि उठे, त्यहाँ एउटा सन्नाटा छायो । न्यायाधीशले लामो फैसलामा के के कानुनी कुरा सुनाए, उसले केही पनि बुझेन । दायाँबायाँ प्रहरीले घेरिएर कठघरामा उभिएको उसले […]

Continue Reading

साबिती बयान (कथा)

डा. गोबिन्दसिंह रावत प्रहरी कार्यालयबाट कुनै रक्षा पन्त र गंगा ज्ञवाली पन्तको फोन आएपछि म आफ्नो सहयोगी कृष्ण वर्मालाई फोन गरेर त्यहीं पुग्नु भनी वडा प्रहरी कार्यालय पुगेको थिएँ । त्यहाँ प्रहरी निरिक्षक प्रद्युम्न रिजालको कोठामा हामीबीच परिचय भएपछि कुराकानी शुरु भएको थियो । एउटा वकिलको नाताले फेमिली लयरका रुपमा मैले यो शहरमा परीचय पाउँदै […]

Continue Reading

बिर्सदैन आफ्नो जरा रूखले (कथा)

विष्णुप्रसाद शर्मा पराजुली धनरत्नले कालीगण्डकीको मोहनी लगाउने नागबेलीमा पौडिए । महाभारतका अग्ला पहाड उक्लने र ओर्लने गरे । त्यसैगरी खोलानाला तर्दै देउरालीमा पाती चढाएर भञ्ज्याङको शीतल हावामा रमाए । खेतबारीमा खेतीपाती, पशुपालन, घाँस र दाउरा गर्दै हुर्केका हुन् धनरत्न । शरददेखि वसन्त ऋतुसम्म नयाँ हिउँको श्रीपेच पहिरेर नजिकै आएर गाला मुसार्ने सेता हिमालय पर्वतसँग सानैमा […]

Continue Reading

कालो डोरो (कथा)

गोविन्दबहादुर कुँवर यो कथा दोमनपुरका शमशेर बहादुरको हो । यो उनको मात्र हैन उनको परिवारको पनि कथा हो । अनि यो एउटा परिवारको मात्र हैन धेरै परिवारको कथा पनि हो । एक मानो खानपुग्ने परिवारमा जन्मिएका शमशेरले गाउँको प्राथमिक विद्यालयबाट पाँच कक्षासम्मको शिक्षा प्राप्तका गरेका थिए । गाउँमा त्यो भन्दा माथि पढ्ने सुविधा थिएन । […]

Continue Reading

लौ त बरू

मुक्तिप्रसाद उपाध्याय दसैँको रमझम र हर्ष र उल्लास थियो चारैतिर। सबैको मनमा फूर्ति, आनन्द, उल्लास र भक्तिभावको सृजनाले सम्पूर्ण परिवेश नै श्रृङ्गारमय बनेको थियो। सावित्री टोलको त कुरै नगरौँ। दुर्गापूजा गर्नका लागि त्यहाँ एउटा भव्य मण्डप बनाइएको थियो। माइकमा भजन सङ्गीतको ध्वनि गुञ्जिरहेको थियो। सप्तमी तिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य […]

Continue Reading