मुक्तिनाथ दर्शन साहित्य समाजको तेस्रो वार्षिक उत्सवमा स्रष्टा सम्मान तथा पुरस्कार समर्पण

२७ माघ २०८०, काठमाडौं मुक्तिनाथ दर्शन साहित्य समाज नेपालको तेस्रो वार्षिक उत्सवका अवसरमा नेपाली भाषा,साहित्य,धर्म-सँस्कृति र मानव अधिकारकर्मीहरूलाई पुरस्कृत तथा सम्मान गरियो। समाजका अध्यक्ष कलानिधि दाहालको सभापतित्व तथा नेपाल सरकारका पूर्व सचिव तथा समालोचक गोपी मैनालीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा १८ जना विभिन्न क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्ने व्यक्तित्वहरूलाई राशि नगद रू १५०००/-का विभिन्न विधाका […]

Continue Reading

मासिक कथा वाचन सम्पन्न

२६ माघ २०८०, काठमाडौं प्रत्येक महिनाको अन्तिम शुक्रवारका दिन कथाकार पुस्कर लोहनीको निजी निवास डिल्लीबजारको घट्टेकुलोमा हुँदै आएको मासिक कथा वाचन कार्यक्रम आज सम्पन्न भएको छ । दिवङ्गत कथाकारको कथा वाचनबाट शुरू हुने कार्यक्रमको पाँचौँ शृङ्खलामा कथाकार मोहनराज शर्माको’पल्लो खाटकी केटी’ कथा बैरागी जेठाले वाचन गरेका थिए । कथाकार मधुवन पौडेले २०६१ मा लेखेको तथा […]

Continue Reading

बङ्लादेशको राष्ट्रिय कविता उत्सवमा नेपाली कवि

४ फरवरी २०२४, ढाका बङ्लादेशको राष्ट्रिय कविता परिषद्का आयोजनामा ढाकामा सम्पन्न भएको जातीय कविता उत्सवमा विशेष अतिथिका रूपमा नेपालका कवि विधान आचार्य संलग्न भएका थिए । सो उत्सव सन् १९८७ देखि आयोजना गरिँदै आएको छ । सो उत्सव जातीय कविता परिषद्का अध्यक्ष ढाका विश्वविद्यालयका सहउपकुलपति (प्रो. भाइसचान्सलर) प्रा.डा. महम्मद समदले विधिवत् शुभारम्भ गरेका थिए । […]

Continue Reading

नाट्य सम्राट समको १२२औं जयन्ती सम्पन्न

२४ माघ २०८०, काठमाडौं महान् विभूति नाट्य सम्राट बालकृष्ण समको आज १२२ औं जन्मजयन्ती नेपाली शिक्षा परिषद् तथा काठमाडौं महानगरपालिका वडा नं १ को संयुक्त आयोजनामाएक विशेष कार्यक्रम गरी नेपाली साहित्यमा पुर्याएको योगदान तथा उनको व्यक्तित्वमाथि चर्चा गर्दै उनलाई सम्झिने काम भयो । समारोहलाई सम्बोधन गर्दै प्रमुख आतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले […]

Continue Reading

कलिङ्ग साहित्य महोत्सवमा नेपाली साहित्यकारहरु सहभागी हुँदै

२३ माघ २०८०, काठमाडौं भारतको उडिसा राज्यको भुवनेश्वरमा हुने कलिङ्ग साहित्य महोत्सवमा ६ जना नेपाली लेखक, साहित्यकारहरु सहभागी हुने भएका छन् । सहभागी हुनेहरुमा लेखक तथा संस्कृतिविद डा. बीणा पौड्याल, कूटनीतिज्ञ विश्व पराजुली, लेखिका कल्पना पराजुली, साहित्यकार रञ्जना निरौला, लेखक सुमित शर्मा समीर, लेखक तथा कलाकार सम्पदा मल्ल रहेका छन् । नेपाली लेखक तथा संस्कृतिविद […]

Continue Reading

तीन  रुसी कविता

मूलः नताली विसो अनुवादः गोविन्द गिरी प्रेरणा   १, गुनासाहरु नजोगाउ   क्रोधहरु जम्मा नगर-सम्पती होइनन् ती अपमानका पृष्ठहरु तत्कालै बन्द गर र विदा गर तुरुन्तै, आत्म समर्पण नगर तिम्रा विचारहरुलाई बदलाग्नीले जितेको छ भने पनि ।   लौ, कस्लाई फाइदा पुग्ला यसले, विज्ञानलाई ? मेरो अन्तरात्माको आवाजलाई सताइनेछ र मेरो मुटुमा आघात पर्नेछ बदला […]

Continue Reading

मोहन दुवाल ‘दशरथ चन्द स्मृति पुरस्कार’द्वारा पुरस्कृत

१६ माघ २०८०, चितवन अनुसन्धानमूलक साहित्यिक–साँस्कृतिक त्रैमासिक पत्रिका ‘हाम्रो सिर्जना’ले सहिद दिवसको दिनमा प्रदान गर्दै आएको ‘दशरथ चन्द स्मृति पुरस्कार’बाट काभ्रे बनेपाका मोहन दुवाललाई प्रमुख अतिथि जिसस प्रमुख नारायणप्रसाद अधिकारीले एक समारोहका वीच समर्पण गरे । साहित्यकार दुवाल जनमत मासिक साहित्यिक पत्रिकाका प्रधानसम्पादक हुन् । सहिदको बलिदानी भावानाप्रति उच्च सम्मान प्रकट गर्नका लागि वरिष्ठ साहित्यकार […]

Continue Reading

‘कान्छो सिडियो’तथा ‘बाह्र-सत्तरी’ लोकार्पण सम्पन्न

२२ माघ २०८०, काठमाडौं लेखक रेशमबहादुर पाण्डेका दुई कृतिहरु ‘कान्छो सिडियो’तथा ‘बाह्र-सत्तरी’ दायित्व वाङ्मय प्रतिष्ठान नेपालद्वारा आयोजित एक कार्यक्रममा लोकार्पण भएको छ । विमोचन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नरेन्द्रराज पौडेलले प्रशासकीय भूमिकामा रहेर हाल अवकाशप्राप्त लेखकका जागीरे जीवनका प्रसङ्ग उठाउँदै लोकार्पित कृतिहरूका लागि बधाई दिएका थिए। लोकार्पण गरिएका दुई कृतिहरूमध्ये उपन्यास’बाह्र सत्तरी’का बारेमा समीक्षक […]

Continue Reading

ज्ञानगुनका कुरा “वसन्त श्रेष्ठ अङ्क” विमर्स

४ फरवरी, वाशिंटन डिसी लामो समयदेखि बिभिन्न दिवङ्गत तथा जीवित स्रष्टाको सम्मानमा ती प्रतिभा केन्द्रित वशेषाङ्कहरु प्रकाशित गर्दै आइरहेको ज्ञानगुनका कुराको भाग २१३ “बसन्त श्रेष्ठ अङ्क-१” को विषयमा भर्जिनियाको उडब्रिजमा एक जमघटको आयोजना गरियो । सो अबसरमा उपस्थित साहित्यकारहरु होमनाथ सुवेदी, कृष्ण धरावासी, शैलेन्द्र साकार, नीरा शर्मा, रोजा ओली, मञ्जु बिमली, सुमन तिमिल्सिना, पुष्पा खनालले […]

Continue Reading

कविहरु श्रवण मुकारुङ,कृसु क्षेत्री र गीता कार्की सम्मानित

२२ माघ २०८० , काठमाडौं साहित्यिक पत्रकार संघले आज एक कार्यक्रमको आयोजना गरी कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई क्रमशः २०७५, २०७७ र २०७९ सालको व्यथित काव्य सम्मान समर्पण गर्‍यो । सो सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान पूर्व कुलपति वरिष्ठ कवि बैरागी काँइलाले प्रदान गरेका थिए । सोही अवसरमा प्रमुख अतिथि […]

Continue Reading