अमेरिकाको घाम: अनुभूति, चेतना र आत्मचिन्तनको उज्यालो दस्तावेज

तोमनाथ उप्रेती छविरमण सिलवाल नेपाली साहित्यका एक बहुमुखी स्रष्टा हुन्, जसले कविता, नियात्रा, समीक्षा, बालसाहित्य र हास्यव्यङ्ग्य जस्ता विविध विधामा महत्वपूर्ण योगदान दिएका छन्। उनको लेखन सरल, संवेदनशील र जीवनको यथार्थसँग गहिरो रूपमा जोडिएको पाइन्छ। ‘डोरम्याट’, ‘ग्रिनविचको साँझ’ र ‘अमेरिकाको घाम’ जस्ता कृतिहरूमार्फत उनले पाठकलाई सामाजिक यथार्थ, मानवीय अनुभूति र अन्तर्राष्ट्रिय परिवेशसँग परिचित गराएका छन्। […]

Continue Reading

`बखान´ उपन्यासको स्याङ्जाको वालिङमा विमर्श

१३ वैशाख २०८३, स्याङ्जा युवा लेखक, पत्रकार वसन्त पराजुलीको `बखान´ उपन्यासमाथि स्याङ्जाको वालिङमा विमर्श गरिएको छ । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाले आइतबार अपरान्ह नेचुरल भ्यू पोइन्ट रेस्टुरेन्ट, वालिङ बजारमा विमर्श कार्यक्रम गरेको हो । उपन्यास ‘बखान’ प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनमा आधारित छ, जसमा चितवनको तत्कालीन आर्थिक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक […]

Continue Reading

“बोकेदाह्री” लघुकथासङ्ग्रहको परिचर्चा कार्यक्रम सम्पन्न

१२ बैशाख २०८३, काठमाडौं छहरा साहित्य समाज, धापासीले ह्वाइट माउन्टेन स्कुलको सभाकक्षमा योगेन्द्र तिमिल्सिनाको लघुकथासङ्ग्रह “बोकेदाह्री”को परिचर्चा कार्यक्रम समाजका सदस्यहरुका निम्ति सम्पन्न गरेको छ । कार्यक्रम सभाध्यक्ष, विशेष अतिथि जस्ता औपचारिकता नगरी अनौपचारिकरुपमा कार्यक्रम सञ्चालन गरिएको थियो । संस्थाका उपाध्यक्ष तोया गौतमले सहजीकरण गर्नु भएको सो कार्यक्रममा वक्ताहरुले “बोकेदाह्री” लघुकथासङ्ग्रहभित्रका आफूलाई मन पर्ने कथाहरुको चर्चा […]

Continue Reading

“मुनाल” मुक्तकसङ्ग्रहको लोकार्पण तथा सिर्जना वाचन कार्यक्रम

१२ बैशाख २०८३, स्याङ्जा, बलमाटा । युवा मुक्तककार मुनाल गोदार क्षेत्रीको पहिलो साहित्यिक कृतिको रूपमा ८३ वटा मुक्तक सङ्ग्रहीत मुनाल (बतासे प्रेम) को लोकार्पण तथा परिचर्चा एवम सिर्जना वाचन कार्यक्रम- २०८३ सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको आठौँ वर्ष प्रवेशको सन्दर्भमा भीरकोट नगरपालिका सात नम्बर वडा कार्यालय, स्याङ्जाको आयोजनामा भीरकोटको साहित्यिक इतिहासमै ऐतिहासिक महत्त्वको […]

Continue Reading

लक्ष्मण राजवंशीको पाँचौँ स्मृति दिवसमा शारदा मरहट्टा सम्मानित

११ बैशाख २०८३, काठमाडौं । सिद्धार्थ वनस्थली इन्स्टिच्यूटका संस्थापक प्राचार्य एवं साहित्यकार लक्ष्मण राजवंशीको पाँचौँ स्मृति दिवसमा इन्स्टिच्यूटले एक समारोहको आयोजना गऱ्यो । सो अवसरमा वक्ताहरूले लक्ष्मण राजवंशीको बहुआयामिक व्यक्तित्वबारे चर्चा गर्नुभयो । सो अवसरमा इन्स्टिच्यूटमा ३० वर्षसम्म अध्यापन गर्नुभएकी पूर्व शिक्षिका शारदा मरहट्ठालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठ र प्राचार्य रूपक राजवंशीले […]

Continue Reading

सांस्कृतिक निबन्धहरुको सङ्ग्रह हाय राजमती बजारमा

९ बैशाख २०८२, काठमाडौं दिवंगत कवि, निबन्धकार, पत्रकार तथा सांस्कृतिक अध्येता सुरेश किरणको ‘हाय राजमती’ नामक सांस्कृतिक निबन्धहरुको संग्रह बजारमा आएको छ । यस सङ्ग्रहमा रहेका २४ निबन्धहरू जात्रा, भूमि, बाजा र जाति, विस्तारित भूमि र विविध गरी पाँच खण्डमा बिभाजित छन् । यस पुस्तकको सम्पादन साहित्यकार गोविन्द गिरी प्रेरणाले गरेका हुन् । प्रकाशनको क्षेत्रमा […]

Continue Reading

डेलचन्द्र शर्माको ‘माटो र म’ लोकार्पित

११ बैशाख २०८३, काठमाडौं। साहित्यकार डेलचन्द्र शर्माको ‘माटो र म’ कविता तथा निबन्ध कृतिको साहित्यिक पत्रकार संघ तथा मिलाप म्यागजिनको संयुक्त आयोजनामा लोकार्पण सम्पन्न भएको छ। लोकार्पित कृति ‘माटो र म’ माथि सरु पोखरेल तथा चन्द्रमणि गौतमले संक्षेपमा समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै कवितामा देश प्रेम, पारिवारिक सम्बन्ध र जनजीवनका कुराहरू रहेको बताए। कार्यक्रममा प्रा. पुरुषोत्तम […]

Continue Reading

स्मृतिबिम्बमा कृष्णचन्द्रसिंह प्रधान

  डीआर पोखरेल, चितवन कृष्णचन्द्रसिंह प्रधान परिचय गराइराख्नुपर्ने नाम होइन । उहाँ नेपाली साहित्यका स्वनामधन्य स्रष्टा हुनुहुन्छ । उच्चतहको समालोचक, निवन्धकार र कवि समेत हुनुहुन्छ । यसपालि उहाँको शतवार्षिकी वर्ष हो । उहाँ बाँचिरहनु भएको भए १०० बर्षको हुनु हुन्थ्यो। आज उहाँको भौतिक शरीर हामीसँग छैन, केवल उहाँका कुशल कर्म र बिचारहरूमात्र हामीसँग रहेका छन् […]

Continue Reading

आनी छोइङ डोल्मा: आध्यात्मिकता, संगीत र मानवताको संगम

भाष्कर मैनाली शर्मा, दार्जिलिङ आनी छोइङ डोल्मा को जन्म सन् १९७१ जुन ४ तारिखमा नेपाल देशको राजधानी काठमाडौँमा भएको हो। उनी एक साध्वी तथा प्रसिद्ध गायिका हुन्। सानो उमेरदेखि नै उनले बौद्ध धर्मको मार्ग अपनाइन् र पछि संगीतको माध्यमबाट शान्ति र मानवताको सन्देश फैलाउन थालिन्। उनका गीतहरू प्रायः बौद्ध भजन र ध्यानसँग सम्बन्धित हुन्छन्, जसले […]

Continue Reading

बिभिन्न प्रज्ञा पुरस्कारहरूको घोषणा

१० बैशाख २०८३, काठमाडौं यस वर्ष जनही एक लाखको प्रज्ञा पुरस्कारले समालोचनातर्फ प्रा.डा. अभि सुवेदी, भाषातर्फ प्रा. मुकुन्दशरण उपाध्याय, सामाजिकशास्त्रतर्फ डा. डम्बर चेम्जोङ, पद्य साहित्यतर्फ शैलेन्द्र साकार, संस्कृतितर्फ प्रा.डा. सोमप्रसाद खतिवडा, बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग, गद्यसाहित्यतर्फ आहुति, दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली, अनुवादतर्फ डा. सर्वोत्तम श्रेष्ठ, अन्तर्देशीयतर्फ नरेश काङमाङ राई (बेलायत), मातृभाषा (हिमाली पहाडी) तर्फ बुद्ध योञ्जन र […]

Continue Reading