सुभाषचन्द्र पौडेल’भीमफेदीया’को तिहार गीत सार्वजनिक

मुख्य समाचार

२० कार्तिक २०८३, काठमाडौं

गीतकार सुभाषचन्द्र पौडेल’भीमफेदीया’द्वारा रचित गीत’आऊ भाइ तिहारमा’एक सांगीतिक कार्यक्रमका बीच वरिष्ठ गायिका मिरा राणा र रेडियो नेपालकी पूर्व कार्यक्रम संचालिका धन लामाको पनि उपस्थितिमा सार्वजनिक भयो।
समसामयिक गायक समाजले आयोजना गरेको देउसी-भैलो गायन तथा दियो प्रज्वलन कार्यक्रममा उपस्थित कवि तथा कलाकारहरूका बीच युट्युब च्यानल अन गरेर सो गीत सार्वजनिक गरिएको हो।
यो गीतमा चर्चित गायिका ऋतु कँडेलको स्वर तथा सङ्गीत रहेको छ । यस गीतको संयोजन वरिष्ठ सङ्गीतकार मनोहर सुनामले गरेका छन् । यस गीतलाई रिङ्ग स्टुडियोमा दीपक रमणले रेकर्ड गरेका हुन्।
कार्यक्रममा रहेको थियो।
सो अवसरमा समाजका अध्यक्ष गायक तथा सङ्गीतकार कपिल लोहनीले शुभ दीपावलीका अवसरमा शुभकामना आदानप्रदान प्रदान गर्ने उद्देश्यले सांगीतिक कार्यक्रम गरिएको बताए।
कार्यक्रममा कपिल लोहनी,मनोहर सुनाम,प्रसन राजभण्डारी, अरूण सुवेदी,भरत लाखे,दीपक रमण,ऋतु कँडेल,दिगा राणा तथा जया गुरुङको टोलीले विभिन्न गीतका टुक्राहरू र तिहारको गीत गाएका थिए भने कक्षालयमा अध्ययनरत स-साना बालबालिकाद्वारा विभिन्न गीतमा सुन्दर नृत्य प्रस्तुत गरेका थिए।
सो गीतलाई भीमफेदीयाको व्यक्तिगत युट्युब च्यानलबाट सुन्न सकिने छ।