११ असोज २०८२, काठमाडौं ।
लालित्य सिर्जना समाज, ललितपुरको आयोजनामा कवि नीरा श्रेष्ठको नवीनतम् कविताकृति “काठको बाकस आइसबक्स अनि सपनाहरू” को प्रमुख अतिथि वरिष्ठ समालोचक एवं राजनीतिक विश्लेषक प्रा. डा. गोविन्द मानसिंह कार्की, विशिष्ट अतिथिहरु पूर्व मन्त्री वरिष्ठ सर्जक शंकरप्रसाद कोइराला, शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. रवि मल्ल, अनेसासका पूर्व केन्द्रीय अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ट नियात्राकार पवन आलोकले सामुहिक रुपमा लोकार्पण गरे ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समालोचक प्रा. डा. गोविन्द मानसिंह कार्कीले “काठको बाकस आइसबक्स अनि सपनाहरू” कविताकृतिको समीक्षा गर्दै कवि नीरा श्रेष्ठले यस कृतिमार्फत आफ्नो सफल काव्य यात्रा सुरु गर्नु भएको बताए। विशिष्ट अतिथि पूर्व मन्त्री वरिष्ठ सर्जक शंकरप्रसाद कोइरालाले आफ्नो शुभकामना मन्तव्यमा कवि नीरा श्रेष्ठलाई बधाई दिंदै “काठको बाकस आइसबक्स अनि सपनाहरू”को सफलताको लागि शुभकामना दिए । विशिष्ट अतिथि शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. रवि मल्लले कवि नीरा श्रेष्ठले शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा गरिरहेको सेवाको चर्चा गर्दै कवि नीरालाई बधाई ज्ञापन गरे ।यसैगरी अर्का विशिष्ट अतिथि साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले कवि नीरा श्रेष्ठलाई बधाई ज्ञापन गर्दै देशको वर्तमान अवस्थाको बारे चर्चा पनि गर्दै “काठको बाकस आइसबक्स अनि सपनाहरू” कविता वाचन गरेका थिए ।
कवि नीरा श्रेष्ठले आफ्नो काव्यिक यात्राबारे चर्चा गर्दै सबैलाई धन्यवाद ज्ञापन गरिन् ।
कवि एवं पत्रकार राजन न्यौपानेले सहजीकरण गर्नु भएको सो कार्यक्रममा वरिष्ठ नियात्राकार पवन आलोकले कवि नीरा श्रेष्ठलाई बधाई ज्ञापन गर्दै थप साहित्य सिर्जनाको लागि शुभकामना दिए । यसैगरी कार्यक्रममा लालित्य सिर्जना समाजका वरिष्ठ सल्लाहकार तथा समालोचक कृष्ण प्रधानले संस्था परिचय दिएका थिए ।
०००
