“मैतीदेवी मन्दिर क्षेत्रका सांस्कृतिक सम्पदा” लोकार्पण सम्पन्न

मुख्य समाचार

१३ असोज २०८२, काठमाडौं

डा.सन्ध्या खनाल पराजुलीद्वारा लिखित’मैतीदेवी मन्दिर क्षेत्रका सांस्कृतिक सम्पदा(मूर्त-अमूर्त)ग्रन्थको एक समारोहका बीच कार्यक्रमका मञ्चासिन अतिथिहरूबाट व्यक्तित्वहरूद्वारा सामूहिक रूपमा लोकार्पण सम्पन्न भयो ।

प्रमुख आमन्त्रित व्यक्तित्व प्रा.डा.वीणा पौड्यालले लेखिका डा.सन्ध्या आफ्नो शिष्या भएको र उनको विद्यावारिधिमा आफू जोडिन पाएकोमा गर्व लागेको बताउँदै ज्ञान भन्ने कुरा शिष्य शिष्याबाट पनि सिक्न सकिन्छ भनेर बताइन्।

लोकार्पित ग्रन्थबारे आफ्नो मन्तव्यमा इतिहासविद् प्रा.डा.सुरेन्द्र केसीले जेएन-जि आन्दोलनका क्रममा राष्ट्रका सम्पदाहरू जलेर खरानी भएकोमा दु:ख व्यक्त गर्दै सम्पदा भनेको राष्ट्रको आत्मा र मुटु भएको बताए।

समारोहमा ग्रन्थ लेखिका डा.सन्ध्या खनाल पराजुलीले आफ्नो मन्तव्यमा मैतीदेवी मन्दिरको स्थापनाका बारे बोल्दै सानै छँदा मैतीदेवीमा आएर पूजा गर्ने गरेकोस्थानीयहरू बाट सुनेका कुरालाई ध्यान दिएर सुन्ने गरेको बताइन्।आफ्नो जन्मघरकर्मघर पनि मैतीदेवी क्षेत्र वरपर नै भएकोले मैतीदेवी मन्दिरयहाँका सम्पदाहरूका बारेमा चासो रहेकोले यस बारेमा केही लेख्न मन लागेर यो ग्रन्थ तयार गरेको बताइन्

समारोहमा प्रा.सोमप्रसाद खतिवडा,डा.मदनकुमार रिमाल, डा.महेश आचार्य,इतिहासविद् दिनेशराज पन्त,दलबहादुर कार्की,रमेश खड्की तथा सिंहबहादुर मुनिकारले शुभकामना

मन्तव्य राखेका थिए

सभापतिको आसनबाट बोल्दै प्राध्यापक पार्थिवेश्वर तिमिल्सिनाले मैतीदेवी मन्दिर पौराणिक तथा पुरातात्त्विक का हिसाबले महत्त्वपूर्ण धरोहरका रूपमा रहेको बताए। २००२ देखि महाकवि लक्ष्मीप्रसाद देवकोटाको बास रहेको मैतीदेवी क्षेत्रको पुरानो टोललाई नयाँ टोलमा विकास गर्दै आएको बारे चर्चा गरेका थिए

धनवज्र बज्राचार्य शोध सम्मान कोष,रुक्मणिराज सिवाकोटी स्मारक कोष तथा ज्ञानगुन प्रकाशनको संयुक्त आयोजनामा भएको कार्यक्रममा कोषका अध्यक्ष शेषराज सिवाकोटीले स्वागत मन्तव्य राख्दै मैतीदेवी मन्दिर तथा यस क्षेत्रका सम्पदाहरूका बारेमा संक्षेपमा प्रकाश पारेका थिएग्रन्थको प्रकाशन सोही कोषबाट भएको हो

समारोहमा विज्ञानका कुरा भाग-१३ डा.तीर्थबहादुर श्रेष्ठ अङ्क ३,विज्ञानका कुरा-१२ गणितज्ञ तथा ज्योतिषविद् प्रा.नयराज पन्त अङ्क -१ तथा न्याय भाग -६३ प्रकाश वस्ती स्मृति अङ्क -३ को पनि सार्वजनिक गरिएको थियो

डा.पार्थिवेश्वर तिमिल्सिनाको सभापतित्वमा भएको सो समारोहको सहजीकरण तथा सञ्चालन अधिवक्ता अमृत खरेलले गरेका थिए

लेखक डा.खनाल त्रिभुवन विश्वविद्यालय,नेपाली इतिहास तथा पुरातत्व केन्द्रीय विभागकी सह-प्राध्यापक हुन्।

०००

(सुभाषचन्द्र पौडेल’भीमफेदीया’ को सहयोगमा)