१० बैशाख २०८३, काठमाडौं
यस वर्ष जनही एक लाखको प्रज्ञा पुरस्कारले समालोचनातर्फ प्रा.डा. अभि सुवेदी, भाषातर्फ प्रा. मुकुन्दशरण उपाध्याय, सामाजिकशास्त्रतर्फ डा. डम्बर चेम्जोङ, पद्य साहित्यतर्फ शैलेन्द्र साकार, संस्कृतितर्फ प्रा.डा. सोमप्रसाद खतिवडा, बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग, गद्यसाहित्यतर्फ आहुति, दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली, अनुवादतर्फ डा. सर्वोत्तम श्रेष्ठ, अन्तर्देशीयतर्फ नरेश काङमाङ राई (बेलायत), मातृभाषा (हिमाली पहाडी) तर्फ बुद्ध योञ्जन र मातृभाषा (मधेश तराई) तर्फ अमरेन्द्रकुमार यादव पुरस्कृत हुनेछन् ।
त्यसै गरी जनही ५० हजारकोको ‘प्रज्ञा प्रादेशिक पुरस्कार’ पहिलोपटक सातजनालाई दिने निर्णय गरेको छ । जसअनुसार कोसी प्रदेशतर्फ मलिसा याक्थुम्बा लिम्बु (महेन्द्रकुमार नेम्बाङ), मधेस प्रदेशतर्फ मुना चौधरी, वाग्मती प्रदेशतर्फ शान्ति प्रिय बन्दना, गण्डकी प्रदेशतर्फ अनिल श्रेष्ठ, लुम्बिनी प्रदेशतर्फ क्षितिज मगर, कर्णाली प्रदेशतर्फ रमानन्द आचार्य, सुदूरपश्चिम प्रदेशतर्फ कर्ण दयाल ‘सोडारी’ पुरस्कृत हुनेछन् ।
प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिअनुसार उक्त पुरस्कारहरू आगामि वैशाख १७ गते प्रतिष्ठानको सभाकक्षमा एक कार्यक्रम बीच प्रदान गरिने छ ।
