गोविन्दराज भट्टराईलाई ‘नेपाली साहित्य प्रज्ञापुरुष’सम्मान

मुख्य समाचार

२ नोभेम्वर २०२६, गुवाहाटी, असम

नेपाली साहित्यका वरिष्ठ स्रष्टा, समालोचक डा. गोविन्दराज भट्टराईज्यूलाई गुवाहाटी विश्वविद्यालयमा आयोजित अन्तर्राष्ट्रिय पर्यावरणीय साहित्यसम्बन्धी सङ्गोष्ठीका अवसरमा नेपाली भाषा संस्कृति मञ्च, गुवाहाटी, असमद्वारा ‘नेपाली साहित्य प्रज्ञापुरुष’का रूपमा सम्मानित गरिएको छ।
नेपाली साहित्यको समालोचना, सिर्जना, चिन्तन र अनुसन्धानका क्षेत्रमा उहाँले पुर्‍याउनुभएको विशिष्ट योगदानको उच्च कदर गर्दै यो सम्मा प्रदान गरिएको जनाइएको छ ।
स्मरणीय छ, प्रा.डा. भट्टराई तथा नेपाली साहित्यका पर्या साहित्यका सर्जक तथा विद्वानहरू हाल भारतीय नेपाली क्षेत्रमा आयोजना गरिएका विविध साहित्यिक कार्यक्रमहरूमा सहभागी हुन भारतीय नेपाली क्षेत्रमा भ्रमणरत रहेका छन् ।

०००