लघुकथा समाज नेपालको नयाँ कार्यसमिति

मुख्य समाचार

३ साउन २०८२, काठमाडौं

लघुकथा समाज, नेपालको १९औँ साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभाले नयाँ कार्यसमितिको चयन समेत गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा तुलसीहरि कोइराला चयन भएका छन् ।
प्राप्त समाचार अनुसार उपाध्यक्षमा शुष्मा चित्रकार,महासचिवमा सुमन सौरभ,सचिवमा श्रीबाबु कार्की,कोषाध्यक्षमा छविरमण सिलवाल चयन गरेको छ । यसैगरी कार्यसमितिका सदस्यहरुमा राजेश खनाल,सिन्धु गौतम,तारा केसी र मधु पाठक चयन भएका छन् ।
साधारण सभामा समाजका महासचिव सुमन सौरभले संगठनात्मक प्रतिवेदन तथा कोषाध्यक्ष छविरमण सिलवालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए र सभाबाट दुवै प्रतिवेदन पारित भएको थियो ।
सो सभामा समाजका सल्लाहकार एवं अग्रज नाट्यकर्मी अशेष मल्लले भने, लघुकथा समाजले महत्त्वपूर्ण काम गर्दै आएको चर्चा गर्दै लघुकथा समाज नभएको भए सायद लघुकथाको सिद्धान्त लेखिने थिएन ।
समाजका संस्थापक अध्यक्ष एवं सल्लाहकार श्रीओम श्रेष्ठ ‘रोदन’ले लघुकथाको सांगठनिक स्वरूपका बारेमा कसैले चर्चा नगरेको समयमा यो संस्था गठन गरिएको स्मरण गरे । उनले नयाँ कार्यसमितिले समाजलाई अझै उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।