पवन आलोक नियात्रा सम्मान समर्पण सम्पन्न

मुख्य समाचार

२९ कार्तिक २०८३, काठमाडौं

वि.सं. २०८२ तथा २०८३ सालका दुई बर्षका पवन आलोक नियात्रा सम्मान घनश्याम राजकर्णिकार तथा नरेन्द्रराज पौडेललाई समर्पण गरियो । दुबै प्रतिभालाई सभाध्यक्ष मोहन चापागाईं, प्रमुख अतिथि रोचक घिमिरे, पुरस्कार संस्थापक रेखा कणेल तथा पवन आलोकले दोसल्ला, दुबोका माला, प्रमाण पत्र तथा नगद राशी प्रदान गरे । पुरस्कारको राशी जनही ५० हजार रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेले पुरस्कृत पात्रहरूको चयन उत्तम रहेको बताए ।

कार्यक्रमको सुरूमा विष्णुप्रसाद पराजुलीले सम्मानित प्रतिभाहरूको परिचय प्रस्तुत गरेका थिए।

समारोहलाई इल्या भट्टराई, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, अशेष मल्ल, श्रीओम श्रेष्ठ रोदन, प्रतीक ढकाल, चन्द्रप्रसाद भट्टराईले शुभकामना मन्तब्य प्रस्तुत गरेका थिए ।

सो अवसरमा सम्मानित प्रतिभाहरू नरेन्द्रराज पौडेल तथा घनश्याम राजकर्णिकारले मन्तब्य प्रकट गरेका थिए ।

समारोहमा पवन आलोकले पनि मन्तब्य प्रकट प्रकट गरेका थिए ।

कार्यक्रमका अध्यक्ष तथा नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाईंले पुरस्कार निष्पक्ष बनाउन संस्था सदा समर्पित रहेको वताए !

कार्यक्रममा स्वागत भाषण कृष्ण प्रसाईंले गरेका थिए भने कार्यक्रम सञ्चालन भवानी खतिवडाले गरेकी थिइन् !