धन-लक्ष्मी-यशोदा वाङमय पुरस्कारको घोषणा

१८ कार्तिक २०८३, मोरङ वि.सं. २०८० देखि २०८३ सालसम्म चार वर्षका “धनलक्ष्मी-यशोदा वाङमय पुरस्कार” को घोषणा एकैसाथ भएको छ । पचास हजार राशीको यो पुरस्कार क्रमसः कुन्ता शर्मा, जसराज किराती, विष्णुविभू घिमिरे तथा मधु पोखरेललाई प्रदान गरिने घोषणा गरएको छ । समाजसेवी धनप्रसाद खतिवडा तथा उनका पत्नीहरू लक्ष्मीदेवी खतिवडा र यशोदा खतिवडाको नाममा उनका छोरीहरू […]

Continue Reading

दण्डपाणि नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार प्रा.डा. वीणा पौड्याललाई

१४ कार्तिक २०८३, काठमाडौं गोरखाका नामित प्रतिभा दण्डपाणि र उहाँकी धर्मपत्नी नन्दकुमारी अर्ज्यालको नाममा २०६३ सालमा स्थापित “दण्डपाणि नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार -२०८३” प्रा.डा. वीणा पौड्याललाई अर्पण गरिने भएको छ। मौलिक संस्कृति, धार्मिक परम्परा ,ऐतिहासिक सम्पदा र कलाको अध्ययनमा अनेकानेक अनुसन्धानमूलक पुस्तक-ग्रन्थका माध्यमले उनले पुऱ्याएको योगदानको कदर गर्दै यो पुरस्कार अर्पण गर्न लागिएको हो। पचास […]

Continue Reading

एघार स्रष्टालाई वासु शशी साहित्य सम्मान प्रदान गरिने

१० कार्तिक २०८३, काठमाडौं । वासु शशी स्मृति परिषद्ले एघार विभिन्न स्रष्टाहरू खगेन्द्र सङ्ग्रौला, बुलु मुकारुङ, रामप्रसाद पन्त, लोकेश ढकाल, धनवन्तरी मिश्र कात्यायनी, राजेन्द्र शलभ, प्रमोद ढुंगाना, डी. आर. उपाध्याय, शीला पन्त, सुमन वर्षा तथा अञ्जु शर्मालाई ‘वासु शशी साहित्य सम्मान २०८३’ प्रदान गर्ने निर्णय गरेको छ । परिषद्का अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बसेको कार्यसमितिको […]

Continue Reading

इल्या भट्टराईलाई “लीलाध्वज थापा स्रष्टा सम्मान”

२४ असोज २०८३, काठमाडौं साहित्यकार इल्या भट्टराईलाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान” प्रदान गरिएको छ । सो सम्मानको साथमा नगद रु. १०,०००/- समेत रहेको छ । नेपाली साहित्यमा लामो समयदेखि कथा, यात्रा संस्मरण र नियात्रा लेखेर उल्लेखनीय योगदान पुर्‍याएबापत सो सम्मान अर्पण गरिएको हो । सम्मान ग्रहण गर्दै स्रष्टा इल्या भट्टराईले लीलाध्वज थापाको मदन पुरस्कार पाउने […]

Continue Reading

वासुशशी साहित्य सम्मानको घोषणा

२० असोज २०८३, काठमाडौं वासु शशी स्मृति परिषद्ले साहित्यकारहरू हिरण्यकुमारी पाठक, मधुवन पौडेल र डा. बद्री पोखरेललाई “वासुशशी सम्मान” गर्ने घोषणा गरेको छ । परिषद्का अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । विगत पाँच दशकदेखि नेपाली साहित्यमा सकृय हिरण्यकुमारी पाठकका मोहचक्र, शून्यवत, दूरस्वप्न र अग्निदह जस्ता कथाकृति, अव्यक्त र सम्बन्धको […]

Continue Reading

देवीप्रसाद वनवासीलाई पोतपवित्रा-प्रवीण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार

१८ असोज २०८३, करादीखोला, स्याङ्जा। करादीखोलास्थित कमला-ज्ञानप्रसाद उपाध्यायको घरपरिवारको तर्फबाट आफ्ना स्वर्गीय बुबा-आमा पोतप्रसाद उपाध्याय, पवित्रादेवी उपाध्याय र छोरा चेतनारायण उपाध्याय “प्रवीण” को स्मृतिमा हरेक वर्ष प्रदान गर्नेगरी स्थापना गरिएको पहिलो पोतपवित्रा-प्रवीण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार- २०८३ स्याङ्जाको वालिङ, त्रियासी, शङ्खरेडाँडामा १९९७ कार्तिक २७ गतेका दिन जन्मिएर वि.सं. २०२० जेठमा “माछापुच्छ्रेको काख” शीर्षकमा (झ्याउरे लयमा […]

Continue Reading

निहारिकाको “राजमाता” लाई कविडाँडा आख्यान पुरस्कार

७ असोज २०८३, चितवन कविडाँडा साहित्य समाजले बर्षेनी प्रदान गर्ने “कविडाँडा आख्यान पुरस्कार” वि.सं. २०८२ सालमा प्रकाशित तथा समाजमा पुरस्कार हेतु प्राप्त आख्यतान कृतिहरूमध्येबाट “राजमाता” ईतिहासिक उपन्यासलाई प्रदान गर्ने निर्णय गरिएको कुरा समाजका अध्यक्ष एल.बी.क्षेत्री हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । विज्यप्तिमा भनिएको छ, “”राजमाता’ उपन्यासले एकातिर तत्कालीन समाजमा महिलाप्रति रहेको परम्परागत धारणा प्रस्तुत गरेको छ […]

Continue Reading

मासिक कथावाचन कार्यक्रमको चौंतीसौं श्रृङ्खला सम्पन्न

२६ भदौ २०८३, काठमाडौं नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार घट्टेकुलो, डिल्लीबजार काठमाडौंमा आयोजन गरिँदै आएको मासिक कथा वाचन कार्यक्रमको चौंतीसौं श्रृङ्खला सम्पन्न भएको छ । कार्यक्रमको शुरुमा अभियानका परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले सम्पूर्ण अतिथिहरुको स्वागत गर्दै नेपाली कथाहरूको कालखण्डगत विकासक्रमबारे अध्ययन अनुसन्धान गर्ने र नयाँ नयाँ धारका कथा लेख्न […]

Continue Reading

कवि प्रतिभा पौडेलको सातौँ कृति ‘तितिक्षा’ महाकाव्य लोकार्पित

२० भदौ २०८३ इलाम । कवि प्रतिभा पौडेलको सातौँ कृति (महाकाव्य) ‘तितिक्षा’ हिजो इलामस्थित अरनिको सांस्कृतिक संग्रहालय, पुरानो दरबारमा एक कार्यक्रमबीच लोकार्पण गरिएको छ। इलाम नगरपालिकाका प्रमुख केदार थापाको प्रमुख आतिथ्य तथा इलाम नगर साहित्य, कला तथा संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा आयोजित कार्यक्रममा महाकाव्य ‘तितिक्षा’ सार्वजनिक गरिएको हो। कार्यक्रममा साहित्यकार तथा साहित्यप्रेमीहरूको उल्लेख्य […]

Continue Reading

‘सिर्जनविधाका परिधिमा तीर्थराज अधिकारी’ लोकार्पित

३१ साउन २०८३, काठमाडौं दायित्व वाङ्मय प्रतिष्ठान, नेपालद्वारा काठमाडौँमा आयोजित एक समारोहबीच प्रमुख अतिथि प्राज्ञ प्राध्यापक दिनेशराज पन्तले समालोचक दीपकप्रसाद गौतमद्वारा तयार गरिएको अनुसन्धानात्मक कृति ‘सिर्जनविधाका परिधिमा तीर्थराज अधिकारी’ को लोकार्पण गरे । सो अवसरमा प्रमुख अतिथि पन्तले कृतिकार गौतमको प्रशंसा गर्दै कृतिनायक तीर्थराज अधिकारीको सिर्जना र साहित्यिक योगदानका बारेमा चर्चा गरे । भुवानीशङ्कर बहुमुखी […]

Continue Reading