इल्या भट्टराईलाई “लीलाध्वज थापा स्रष्टा सम्मान”

समाचार

२४ असोज २०८३, काठमाडौं

साहित्यकार इल्या भट्टराईलाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान” प्रदान गरिएको छ । सो सम्मानको साथमा नगद रु. १०,०००/- समेत रहेको छ । नेपाली साहित्यमा लामो समयदेखि कथा, यात्रा संस्मरण र नियात्रा लेखेर उल्लेखनीय योगदान पुर्‍याएबापत सो सम्मान अर्पण गरिएको हो ।
सम्मान ग्रहण गर्दै स्रष्टा इल्या भट्टराईले लीलाध्वज थापाको मदन पुरस्कार पाउने पहिलो उपन्यास “मन” सानो छँदा नै पढेर प्रभावित भएको बताइन् ।
सो कार्यक्रममा स्रष्टाहरू डा.बमबहादुर थापा जिताली ,साहित्यकार ठाकुर शर्मा भण्डारी, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त , पूर्व प्रशासक अर्जुनमणि दीक्षित लगायतका साहित्यकारहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले इल्याको साहित्यिक योगदानको चर्चा गर्दै प्रतिष्ठान तथा अध्यक्ष विजयध्वज थापाप्रति धन्यवाद ज्ञापन गरेका थिए। पूर्व प्रशासक अर्जुनमणि दिक्षितले यस्तो कार्यक्रमले धेरै कवि तथा मुक्तककारहरू सृजना गर्न उल्लेखनीय योगदान पुर्याएको चर्चा गरेका थिए। मधुसुदनप्रसाद घिमिरे, सञ्जय सोती, विजयध्वज थापा, डा.बमबहादुर थापा जिताली, टेकबहादुर लौडारी, बद्री उप्रेती, नम्रता उप्रेती, कृष्णप्रसाद पौडेल’जस्ताघरे’, वीरबहादुर लोहनी, उत्तम विचार, सुन्दर खड्का, रणबहादुर बुढाथोकी,अमर कीर्तिमानी, जि.के.एन. खडेरी, चेवन बस्नेत, एन.बी.जनकपुरी, महेशप्रसाद रिजाल, दुर्गा किरण तिवारी, तारा केसी, सुशान्त केसी, कुसुम पोखरेल, राज रजक, राजेन्द्र सुवेदी, राजाराम राउत, मुरारि अर्याल,लव खड्का, राजेशमान केसी, मन भुजेल, ठाकुर शर्मा भण्डारी, माया बस्नेत थापा, रुपा रिसाल, इन्दिरा ढकाल,राधा कार्की, जित कार्की, गजेन्द्र बोहरा, एम.बि.पाण्डे, रेणुका भट्टराई, निशा केसी, जुमन किरण, अर्जुन चन्द्र तथा मदन नेपालले रचना वाचन गरेका थिए।
कार्यक्रमका अध्यक्ष तथा लीलाध्वज साहित्य प्रतिष्ठानकान अध्यक्ष विजयध्वज थापाले साहित्यकार इल्या भट्टराईले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चा गर्दै सम्मान गर्न पाउँदा स्वयं संस्था र आफ्नो लागि पनि गौरवको विषय भएको धारणा व्यक्त गरेका थिए।
कार्यक्रमको सुरुमा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले स्वागत मन्तव्य राख्दै सम्मानित स्रष्टाबारे प्रकाश पारेका थिए
सो कार्यक्रम उत्तम विचारले सञ्चालन गरेका थिए।
स्मरणीय छ, हालसम्म प्रतिष्ठानले ८४ जना अग्रज तथा विशिष्ट स्रष्टालाई स्रष्टा सम्मान,९ जनालाई साहित्य सम्मान तथा ५०० भन्दा बढीलाई कदरपत्र प्रदान गरिसकेको छ ।