धन-लक्ष्मी-यशोदा वाङमय पुरस्कारको घोषणा

समाचार

१८ कार्तिक २०८३, मोरङ

वि.सं. २०८० देखि २०८३ सालसम्म चार वर्षका “धनलक्ष्मी-यशोदा वाङमय पुरस्कार” को घोषणा एकैसाथ भएको छ । पचास हजार राशीको यो पुरस्कार क्रमसः कुन्ता शर्मा, जसराज किराती, विष्णुविभू घिमिरे तथा मधु पोखरेललाई प्रदान गरिने घोषणा गरएको छ ।
समाजसेवी धनप्रसाद खतिवडा तथा उनका पत्नीहरू लक्ष्मीदेवी खतिवडा र यशोदा खतिवडाको नाममा उनका छोरीहरू बसुन्धरा ढुङ्गाना, कमला भट्टराई, गीता दाहाल एवम् छोराहरु गोविन्दप्रसाद खतिवडा, केदारप्रसाद खतिवडा तथा गण्डकी पुत्रले यो पुरस्कार स्थापना गरेका हुन् ।
यो पुरस्कार आगामि मङ्सिर १९ गते एक समारोहको आयोजना गरि प्रदान गरिने जनाइएको छ ।