नइ रामगीता अन्तर्राष्ट्रिय पुरस्कार र रामगीता विशिष्ट नागरिक सम्मानको घोषणा

३१ चैत २०८१, वाशिङ्टन डिसी रामगीता वाङ्मय मन्दिरले नइ रामगीता अन्तर्राष्ट्रिय पुरस्कार र रामगीता विशिष्ट नागरिक सम्मानको घोषणा गरेको छ । मन्दिरका संस्थापकद्वय राम खत्री तथा गीता खत्री हस्ताक्षरित विज्ञप्ति अनुसार नइ रामगीता अन्तर्राष्ट्रिय पुरस्कार भूटान मूल घर भई हाल अमेरिकामा बस्दै आउनुभएका युवा कवि, गीतकार, गजलकार तथा गायक खेम रिजाललाई तथा रामगीता विशिष्ट नागरिक […]

Continue Reading

श्रीओम श्रेष्ठ’रोदन’को ”अभिवन्द्य”को तेस्रो संस्करण

११ चैत २०८१, काठमाडौं सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा निबन्धकार श्रीओम श्रेष्ठ’रोदन’द्धारा लिखित व्यक्ति निबन्धसंग्रह”अभिवन्द्य”को तेस्रो संस्करण सार्वजनिक भएको छ । प्रा.डा.लक्ष्मणप्रसाद गौतम, समालोचक प्रमोद प्रधान, निबन्धकार ‘रोदन’लगायतले उक्त निबन्धसंग्रहको सार्वजनिक गरे। उक्त कृतिमाथि समालोचनात्मक मन्तव्य राख्दै प्रा.डा.तथा वरिष्ठ समालोचक गौतमले वताए,‘पुस्तक पढ्नु भन्दा मान्छेलाई पढ्न कठीन छ । यो दुस्साहस श्रीओम श्रेष्ठ रोदनले गरेका छन् […]

Continue Reading

बाल साहित्य समाजमा नयाँ नेतृत्वः अध्यक्षमा विजयराज आचार्य

९ चैत २०८१, काठमाडौं नेपाल बाल साहित्य समाजको अध्यक्षमा विजयराज आचार्य निर्वाचित भएका छन् । उनी अर्का प्रत्यासी डा शशि थापा पण्डितलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । मतदानमा आचार्यले ४२ मत पाएका थिए भने थापा पण्डितले २७ मत प्राप्त गरेकी थिइन् । उपाध्यक्षमा विजयराज न्यौपाने तथा कोषाध्यक्षमा डा. सिता सुवेदी पन्थी निर्वाचित […]

Continue Reading

चूडामणि गौतमको स्मृतिसभा सम्पन्न

७ चैत २०८१, ललितपुर साहित्यपोस्ट(इ) दैनिक तथा नेपाली भाषा-साहित्यप्रेमीहरूको आयोजनामा भाषा र व्याकरणका अध्येता एवम् बृहत्तर नेपाली शब्दकोशका प्रणेता, नेपाली भाषा शुद्धीकरण अभियानका अग्रणी चूडामणि गौतमको स्मृतिमा मदन पुरस्कार पुस्तकालयमा एक कार्यक्रम सम्पन्न भयो । सो अवसरमा सयभन्दा बढी पुस्तकका लेखक चूडामणि गौतमले नेपाली भाषा, व्याकरणका क्षेत्रमा गर्नुभएको योगदानको स्मरण गर्दै वक्ताहरूले गौतमको व्यक्तित्वबारे प्रकाश […]

Continue Reading

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा तोया भट्टको कविता पुरस्कृत

८ चैत २०८१, काठमाडौं । हेम सरिता पाठक फाउन्डेसनले बर्षेनी आयोजना गर्ने गरेको एक लाख राशिको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा यस वर्ष कवि तोया भट्ट पुरस्कृत भएका छन् । यो पुरस्कार समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सस, अमेरिका)ले स्थापना गरेका हुन् । पहिलो चरणमा छानिएका उत्कृष्ट पच्चीस कविताहरु मध्येवाट तोया भट्टको कविता छनौट […]

Continue Reading

‘परशु–कल्पना स्रष्टा सम्मान–२०८१’ समर्पण

६ चैत २०८१, काठमाडौं नेपाल स्रष्टा समाज, केन्द्रीय समितिले चैत ५ गते एक कार्यक्रमको आयोजना गरी ‘परशु–कल्पना स्रष्टा सम्मान–२०८१’ पहिलोपल्ट आख्यानकारद्वय ध्रुव सापकोटा र गणेश रसिकलाई संयुक्तरूपमा समर्पण गरिएको छ । एकलाख राशीको सो सम्मान दुई स्रष्टालाई ५० हजार १०१ का दरले दामासाही प्रदान गरिएको हो । यी दुई स्रष्टालाई नेपाली साहित्यको आख्यान क्षेत्रमा पाँच […]

Continue Reading

शंकर लामिछानेको जन्मजयन्ती पुरस्कार वितरण तथा पुस्तक विमोचन

५ चैत २०८१ चैत, काठमाडौं। प्रसिद्ध निबन्धकार शंकर लामिछानेको ९८ औं जन्मजयन्तीको अवसरमा प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति केके कर्माचार्यले निबन्धकार विजय चालिसेलाई ५० हजार राशीको “शंकर लामिछाने पुरस्कार” तथा निबन्धकार पवन आलोकलाई २५ हजार राशीको “शंकर लामिछाने सम्मान” प्रदान गरे । पुरस्कार प्रदान गरेपछि उनले योग्य व्यक्तिलाई योग्य पुरस्कार प्रदान गरिएकोमा खुसी प्रकट […]

Continue Reading

विश्व-ज्योति काव्यसमान र पाण्डुलिपि पुरस्कारको घोषणा

४ चैत्र २०८१, काठमाण्डौ । ‘एपेक नेपाल’ द्वारा यसै वर्षदेखि अर्पण गर्ने गरी स्थापना भएको रु ५१ हजार राशीको “विश्व-ज्योति काव्यसमान” पहिलो पटक वरिष्ठ कवि उषा शेरचनलाई तथा “विश्व-ज्योति पाण्डुलिपि पुरस्कार” हेमन्त शिशीरलाई प्रदान गरिने घोषणा भएको छ । यस सम्बन्धमा विज्ञप्ति जारी गर्दै यो जनाइएको हो । विश्व-ज्योति काव्यसमान प्राप्त उषा शेरचनको विषयमा विज्ञप्तिमा […]

Continue Reading

विजय चालिसे र पवन आलोकलाई “शङ्कर लामिछाने पुरस्कार” घोषणा

२९ फागुन २०८१, काठमाडौं । शङ्कर लामिछाने प्रतिष्ठानले प्रदान गर्दै आएको ५० हजार राशिसहितको शङ्कर लामिछाने निबन्ध पुरस्कार विजय चालिसेलाई तथा २५ हजार राशिसहितको शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार पवन आलोकलाई प्रदान गर्ने निर्णय गरेको छ । यो निर्णय शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकाली हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । यी पुरस्कारहरु शङ्कर लामिछानेको ९८ […]

Continue Reading

बसाईंका स्रष्टा लीलबहादुर क्षेत्रीको निधन

नेपाली साहित्यका मूर्धन्य साहित्यकार लीलवहादुर क्षेत्रीको १३ मार्च राती १०.१० बजे आफ्नै निवास मरिखाली गुवाहाटीमा निधन भएको छ । सन् १९३३ को १ मार्चका दिन गुवाहाटी टकौबारीमा जन्मेका उनी ९३ वर्षका थिए । १६ वर्षको उमेरमा प्रकाशित पहिलो प्रकाशित कविता ‘शिवस्तुति’ का माध्यमबाट नेपाली साहित्य जगतमा उदाएका उनको पहिलो उपन्यास “बसाईं” वि.सं. २०१४ सालमा मदन […]

Continue Reading