३ माघ २०८२, काठमाडौं
दायित्व वाङ्मय प्रतिष्ठान,नेपालले एक कार्यक्रमको आयोजना गरी साहित्यकार शङ्कर शाहका तीन कृतिहरू ‘जेन लहर हाइकु चर्चा,’आइना जो देखाउँछ’लेख तथा समीक्षा सँगालो र ‘दोबाटोको च्याखुरा’कथा,निबन्ध/लेखसंकलनको एकसाथ लोकार्पण सम्पन्न ग-यो ।
प्रतिष्ठानका उपाध्यक्ष,समालोचक प्रा.डा.भागवत ढकालले लोकार्पित तीन कृतिहरूका बारेमा समीक्षात्मक टिप्पणी पेश गरेका थिए। टिप्पणीका क्रममा उनले स्रष्टा शाहले हाइकुका
बारेमा राम्रो चर्चा गरेको बताउँदै फरक पाटो,फरक प्रकृति र फरक प्रवृत्तिका रचना गर्ने स्रष्टा शाह उमेरले ८६ पुगे पनि लेखनमा तन्नेरी रहेको बताए।
प्रतिष्ठानका अध्यक्ष नियात्राकार रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रमका उनले स्रष्टा शङ्कर शाहको व्यक्तित्व तथा कृतित्वमाथि संक्षेपमा प्रकाश पार्दै शाहको उमेर ८४ नाघिसकेको भए पनि ८४ कै अवसर ठानेर उनका बारेमा विभिन्न विद्वान द्वारा लेखिएका रचनाहरू २०८३ वैशाखसम्म संकलन गरेर विशेषाङ्क निकाल्ने र उनको अभिनन्दन गरिने योजना पनि रहेको बताए।
कार्यक्रममा स्रष्टा शङ्कर शाहले आफ्नो संक्षिप्त लेखकीय मन्तव्यका क्रममा उनले आफू रहरले साहित्यमा लागेको बताए।आफूलाई गद्य लेखनभन्दा पद्यमा लेख्न सजिलो लाग्ने बताए ।
सो अवसरमा दायित्व वाङ्मय प्रतिष्ठानलाई विशेष सहयोग पुर्याउने स्रष्टा शङ्कर शाहलाई प्रतिष्ठानका तर्फबाट कदरपत्र पनि प्रदान गरिएको थियो।
कार्यक्रममा अतिथि मदनकुमार भट्टराईले शुभकामना मन्तव्य राखेका थिए।
सो कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव यादव भट्टराईले गरेका थिए।
०००
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)
