मोरिस हेर्जोगको अन्नपूर्णाको नेपाली अनुवाद विमोचित

मुख्य समाचार

३ पुस २०८२, काठमाडौं

फ्रान्सेली पर्वतारोही तथा लेखक मोरिस हेर्जोग लिखित प्रख्यात पुस्तक “अन्नपूर्ण” को नेपाली अनुवाद प्रकाशन भै विमोचन भएको छ ।
फ्रान्सेली दूतावासको चौपचारिक फेसबुक पेजमा जनाइए अनुसार मोखराका मेयर धनराज आचार्य,अन्नपूर्ण आरोहणको ७५औं वार्षिकीकी सद्भावना दूत पूर्णिमा श्रेष्ठ, प्रथम पल्ट सन् १९७७ मा अन्नपूर्ण सफल आरोहण गर?ने सोनाम वालुङ शेर्पाकी श्रीमती छिरिङ डोमा लामा, मोरिस हर्जोग ट्रेलका अध्यक्ष तेज गुरुङ, नेपाली टाइम्सका प्रकाशक कुन्द दीक्षित तथा नेपालका लागि फ्रान्सेली राजदूत भिर्जिनी कोर्तभालले सो पुस्तकको सामुहिक विमोचन गरे ।
यो पुस्तकलाई अशोक शाक्य र रिजिन्द्र श्रेष्ले गरेका हुन् ।
यो अनुवाद प्रकाशन योजनालाई फ्रान्सेली दूतावासको आर्थिक सहयोगमा फाइन प्रिन्टले प्रकाशन गरको हो ।

हेर्जोगले अन्नपूर्ण ३ जुन १९५० मा सफल आरोहण गरेका थिए । सफल आरोहणपश्चात् हेर्जोगले फ्रान्सेली भाषामा लेखेको यो पुस्तक सन् १९५१ मा प्रकाशित भएको थियो । सन् १९५२ मा यसको अङ्ग्रेजी संस्करण प्रकाशित भएको थियो । मूल फ्रान्सेली भाषामा ७४वर्ष पहिले प्रकाशित यो पुस्तकलाई नेपाली भाषी पाठकहरूले अब पढ्न पाउने भएका छन् ।
स्मरणीय छ, यो पुस्तक सन् २००० सम्’ममै एक करोड बढी सङ्ख्यामा बिक्री भइसकेको थियो र यसको बिक्री निरन्तर भइनै रहेको छ ।

०००

(Photo Credit- Embassay of France Kathmandu, Nepal, facebook page)