२०८२ मंसिर १३, काठमाडौं ।
नेपाल स्रष्टा समाजको आयोजनामा ‘दार्चुला : कला साहित्य’ र ‘किशनसिंह धामी : व्यक्ति र कृति’को प्रमुख अतिथि नगेन्द्रराज शर्मा, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, कृतिकार नेत्रप्रसाद फुयल र साहित्यकार किशनसिंह धामी, समीक्षकद्वय प्रमोद प्रधान र ड़ा. भरत भट्टराई, साहित्यकारहरु डा. तारा निरौला, पवन आलोक, लक्ष्मणप्रसाद गौतम, ज्ञानु अधिकारीलगायतले सामुहिक रूपमा कृतिहरू लोकार्पण सम्पन्न भयो ।
कार्यक्रममा साहित्यकार किशनसिंह धामी, ज्ञानु अधिकारी, प्राडा.लक्ष्मणप्रसाद गौतम, प्राडा. खगेन्द्रप्रसाद लुइंटेल, साहित्यकार पवन आलोक, डा. तारा निरौलालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विमोचित कृति’दार्चुला : कला-साहित्य’ ग्रन्थबारे वरिष्ठ समालोचक प्रमोद प्रधानले र ‘किशनसिंह धामी : व्यक्ति र कृति’ बारे समालोचक डा. भरत भट्टराईले समीक्षा गरेका थिए ।
सो कार्यक्रमअघि सुदूर पश्चिम नेपालको सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा तारा किशन फाउण्डेसनकी संरक्षक तारादेवी धामीले अतिथि तथा वि.सं.२०७९ मा दार्चुलामा भएको साहित्यिक सम्मेलनका सहभागी स्रष्टाहरुलाई मायाको चिनो प्रदान गरिन् ।
पत्रकार एवं सर्जक प्रदीप सापकोटाले सहजीकरण गर्नु भएको सो कार्यक्रमको आरम्भमा समाजका सचिव प्रकाश घायलले स्वागत गरेका थिए ।
०००
