सम्बोधनमा छ‍ोरी र एटलान्टिकका भँगालामा डुबुल्की मार्दा लोकार्पित

मुख्य समाचार

४ मंसिर २०८२, काठमाडौं

साहित्यिक पत्रकार संघको आयोजनामा कवि किशनसिंह धामीद्वारा लिखित कविता सङ्ग्रह ‘सम्बोधनमा छ‍ोरी’ र डा. हिरण्यलाल ज्ञवालीको समालोचनाकृति ‘एटलान्टिकका भँगालामा डुबुल्की मार्दा’को एक साथ सामुहिक लोकार्पण लोकार्पण सम्पन्न भएको छ ।
कार्यक्रमको सुरुमा सभापति लेकालीले आमन्त्रित अतिथिहरूको स्वागत गर्दै साहित्यकार किशनसिंह धामीको योगदानको चर्चा गरेका थिए ।
प्रमुख अतिथि विष्णुविभू घिमिरेले शुभकामना व्यक्त गर्दै नेपाली साहित्यमा समयान्तर हिसाबले विभिन्न विधाले फड्को मार्दै तीव्रगतिले अघि बढिरहेकोमा प्रसन्नता प्रकट गरे।
कार्यक्रममा समालोचक डा. हिरण्यलाल ज्ञवालीको समालोचनाकृति ‘एटलान्टिकका भँगालामा डुबुल्की मार्दा’बारे वरिष्ठ समालोचक प्रमोद प्रधानले समीक्षात्मक मन्तव्य राख्दै ज्ञवालीले कृतिका माध्यमबाट किशनसिंह धामीको कवितायात्राबारे प्रकाश पारेका थिए ।
कवि किशनसिंह धामीको कविताकृति “सम्बोधनमा छोरी”बारे वरिष्ठ समालोचक प्रा. डा. लक्ष्मणप्रसाद गौतमले समीक्षात्मक मन्तव्य राख्दै छोरी हुनेहरू सबैले कृति एकपटक पढ्नैपर्ने धारणा राखे ।
कार्यक्रममा विशेष अतिथिहररू नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन”, समालोचक डा. हिरण्यलाल ज्ञवाली लगायतले मन्तव्य राखेका थिए ।
कवि सन्ध्या पहाडीले कवि धामीको लोकार्पित कृति “सम्बोधनमा छोरी” कृतिबाट कविता वाचन गरेकी तिइन् ।
सो कार्यक्रमको संचालन साहित्यकार मुरारी सिग्देलले गरेका थिए ।
कार्यक्रममा तारा-किशन फाउन्डेसन, न्यूयोर्क, अमेरिकाको सहकार्य रहेको थियो ।

०००