२१ जुन २०२५, वाशिङ्टन डिसी
अनेसास डिसी मेट्रो च्याप्टरको आयोजनामा होमनाथ सुवेदीद्वारा आफ्नी दिवङ्गत पत्नी नन्दा सुवेदीमाथि लिखित महाकाव्य “नन्दिनी”, गजल खण्डकाव्य “सेती” तथा “नन्दा” शोककाव्य कृतिहरु तथा नन्दादेवीको स्मृतिमा प्रकाशित “नन्दादेवी स्मृति ग्रन्थ”का वारेमा चर्चा कार्यक्रम सम्पन्न भयो ।
त्यस्तै मोहन सिटौलाको व्यक्तित्व कृतित्वका विषयमा प्रकाशित “मोहन सिटौलाः व्यष्टि र समष्टि” तथा प्रकाश नेपालको “सुने गुनेका कथाहरू” का वारेमा समेत परिचर्चा गरियो ।
कार्यक्रमको सुरुमा च्याप्टर सदस्यभुवन सिग्देलले स्वागत भाषण गरेका थिए ।
त्यसपछि गोपी उप्रेती, तीर्थ पाण्डे, पं. खिमानन्द आचार्तय था मोहन सिटौलाले होमनाथ सुवेदी लिखित कृतिहरुका बारेमा विमर्ष गरेका थिए ।
वसन्त श्रेष्ठ र शिव लामिछानेले “मोहन सिटौलाः व्यष्टि र समष्टि” कृतिमाथि चर्चा गरेका थिए ।
त्यस्तै पुरु सुवेदीले प्रकाश नेपालको “सुने गुनेका कथाहरू” का वारेमा चरच्चा गरेका थिए ।
वरिष्ठ उपाध्यक्ष कविन्द्र सिटौला अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि गोपी उप्रेती, कार्यक्रमका अध्यक्ष कविन्द्र सिटौला तथा स्राष्टाहरु होमनाथ सुवेदी, मोहन सिटौला तथा प्रकाश सुवेदीले पनि आफ्नो धारणा व्यक्त गरेका थिए ।
सो कार्यक्रमको सञ्चालन च्याप्टरका महासचिव जगन्नाथ पौडेलले गरेका थिए ।
०००
