अनेसास कविता महोत्सवमा अमेरिकाकाका जगन्नाथ पौडेल प्रथम

मुख्य समाचार

२४ सेप्टेम्वर २०२३, वाशिंटन डिसी

राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गर्दै आएको यो तेस्रो संस्करणमा अमेरिकाको भर्जिनिया निवासी जगन्नाथ पौडेल प्रथम भएका छन् । प्रतियोगितामा ललितपुर नेपालका ऋषभदेव घिमिरेको कविता द्वितीय र आनन्द श्रेष्ठ, न्यूजर्सी, अमेरिका, मदन घिमिरे कास्की, नेपाल र सुमन शिरिष, सिन्धुपाल्चोक, नेपालको कवितालाई तृतीय घोषित गरिएको छ ।

प्रतियोगिताका लागि प्राप्त ३ सय एक कविता प्राप्त भएको र साहित्यकार वियोगी बुढाथोकी, रोशन थापा नीरव र सुस्मिता नेपाल निर्णायक रहेको समितिले सो निर्णय गरेको हो ।

पुरस्कार रकमलाई क्रमशः तीर्थ पाण्डे, ईश्वरी भट्ट, तीर्थराज अधिकारी,नेत्रवन्धु पोखरेल र सम्झना अर्यालले प्रायोजन गरेका हुन् ।

जूमको माध्यमबाट गरिएको कार्यक्रममा सो घोषणा गरिएको  थियो ।

 

१.

Leave a Reply