मञ्जुलको नियात्रा लेखनको चर्चा

मुख्य समाचार

१७ साउन २०८२, काठमाडौं

नियात्रा समाज नेपालले थालनी गरेको नियात्राकार कृतित्व र व्यक्तित्व परिचर्चा कार्यक्रमक‍ो दोश्रो श्रृङखला अन्तरगत मञ्जुलको नियात्रा कृतित्वका साथै उनको बहुआयामिक व्यक्तित्वको बिषयमा बृहत् परिचर्चा सम्पन्न भएको छ ।
कार्यक्रममा डा. जीवलाल बस्याल,भीष्म उप्रेती ,चन्द्रप्रसाद भट्टराई र डा. रजनी ढकाल, निर्मोही व्यासले मञ्जुलको ब्यक्तित्व कृतित्वको चर्चा गर्नुका साथै मञ्जुलदाईसंग बिताएका आफ्ना रोचक संस्मरण सुनाएका थिए ।
समाजका अध्यक्ष म‍ोहन चापागाईंको सभापतित्वमा भएक‍ो यसपटकको श्रृङखलामा बरिस्ठ नियात्राकार मञ्जुलको गरियो ।
अग्रज नियात्राकारहरुको सम्मान गर्ने ,वहाँहरुका कृतिहरुक‍ो परिचर्चा गरि पठन संस्कृतिको विकास गर्ने र सिर्जनात्मक आशिर्वचन लिने उदेश्यले थालनी गरिएक‍ो यश कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर दिईने प्रतिवद्धताका साथ कार्यक्रम समापन भएक‍ो थियो ।सो कार्यक्रमको प्रथम श्रृङखला नियात्राकार विजय चालिसेको जन्मदिन २०८२ असार २२ गते वहाँकै निवास आरुबारीमा गरिएको थियो ।