जेन-जि सहिदहरूको सम्झनामा शान्ति कविता पाठ

०१ असोज २०८२, काठमाडौं ‘शोकलाई शक्तितर्फ,मुलुकलाई शान्तितर्फ’भन्ने नारा लिएर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)नेपाल च्याप्टर द्वारा आयोजित ‘शान्ति कविता पाठ’कार्यक्रममा दुई दर्जनभन्दा बढी कविहरूले आ-आफ्ना रचना वाचन गरी जेन-जि आन्दोलनमा सहिद भएका कलिला बालबालिकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। माइतीघर मण्डलामा भएको कार्यक्रममा कविहरू लक्ष्मण सिटौला,सुभाषचन्द्र पौडेल’भीमफेदीया’,लक्ष्मी थापा,राधिका कल्पित,रूपसिंह भण्डारी,सुचिता काफ्ले,राज रजक,भवानी खतिवडा,ऋषभदेव घिमिरे,विजयध्वज थापा,शोभा सरभ,द्वारिका […]

Continue Reading

काठमाडौंमा “पाताल”को” उपन्यासको परिचर्चा कार्यक्रम सम्पन्न

१८ भदौ २०८२, काठमाडौं । साहित्यिक पत्रकार संघको आयोजनामा पदम विश्वकर्माको उपन्यास “पाताल”को “परिचर्चा कार्यक्रम” सम्पन्न भयो । प्रमुख अतिथि पूर्व राजदुत कवि भीम उदासले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरिएको सो कार्यक्रममा कार्यक्रममा समालोचक प्रमोद प्रधान, प्रा. डा. गोविन्दमान सिंह कार्की, मोमिला जोशी, नयनराज पाण्डे, विमल भौकाजी र डा. शान्तिमाया गिरीले समीक्षात्मक मन्तव्य राखेका […]

Continue Reading

‘भोटु वंशावलीको कैरन’ को लोकार्पण सम्पन्न

१४ भदौ २०८२, काठमाडौं भोटु परिवार काठमाडौं उपत्यका,दाजुभाइ बचत कोष परिवारद्वारा आयोजित एक कार्यक्रममा कृष्ण प्रधान र नारायणकुमार प्रधानद्वारा लिखित’भोटु वंशावली कैरन’को लोकार्पण भएको छ। पुस्तकको लोकार्पण हाडा बिजुकछेँ आगम समितिका अध्यक्ष नरेन्द्र भक्त हाडा लगायत मञ्चासीन व्यक्तित्वहरूबाट सामूहिक रूपमा भएको हो। नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक कृष्ण प्रधान एक कवि तथा समालोचक हुन् भने […]

Continue Reading

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कारको घोषणा

१५ भदौ २०८२, चितवन खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले एक विज्ञप्ति प्रकाशित गर्दै रमेश भुसालको ‘छालबाटो’लाई वि.सं. २०८१ सालको पद्मश्री पुरस्कार, नेपाली शिक्षा परिषद्‌की अध्यक्ष रमा शर्मालाई पद्मश्री साधना सम्मान तथा प्रा.डा. अभि सुवेदीलाई पद्मश्री गौरव पुरस्कार प्रदान गर्ने निर्णय भएको जनाएका छन् । यी तीनै पुरस्कार र सम्मानमा तीन लाख […]

Continue Reading

भैरव पुरस्कार गुठीका तीन पुरस्कारको घोषणा

१३ भाद्र २०८२, काठमाडौं नेपाली साहित्यका प्रख्यात हास्यब्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कारकको घोषणा भएको छ । गुठीले जनाए अनुसार एक लाख एघार हजार एकसय एघार रुपैयाँ राशीको २०८२ सालको “भैरव पुरस्कार” कृष्ण प्रधान भारत, सिलिगडी, एक लाख एक हजार एकसय एघार रुपैयाँको “भैरव वाङ्मय पुरस्कार” चित्रकलाकार हरिप्रसाद शर्मालाई तथा एकाउन्न हजार एकसय […]

Continue Reading

अक्षरमार्गले आफ्नो वार्षिकोत्सवमा सात प्रतिभालाई सम्मान गर्ने

१२ भदौ २०८२, काठमाडौं अक्षरमार्गले आफ्नो १३औं वार्षिकोत्सवका अवसरमा नेपाली वाङ्मयका सात प्रतिभाहरूलाई सम्मान गर्ने भएको छ । अक्षर मार्गका सुर्य लाकोजुले जनाए अनुसार यस वर्षको विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मान श्रीहरि फुयाललाई प्रदान गरिनेछ । यस सम्मानको व्यवस्थापन साहित्यकार सूर्य लाकोजूले आफ्ना मातापिता विष्णुप्रसाद लाकोजू र माता हेममाया लाकोजूको नाममा गरेका हुन् । कृष्णदास […]

Continue Reading

कलकत्तामा तेत्तीसौं भाषा मान्यता दिवस सम्पन्न

२४ अगस्त २०२५, कोलकाता   लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान कलकत्ताको आयोजनामा ३३ औँ भाषा मान्यता दिवस भव्यरुपमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथिमा डा. राजेन्द्र भण्डारी, विशिष्ठ अतिथि समाजसेवी सुश्री रंगु सौरिया र साहित्यकार श्री बिमल लामा अनि अतिथिहरूमा प्रा डा प्रिती घतानी, श्री समशेर अली, श्री नारायण प्रसाद हुमागाई, श्री रोशन सिंह, […]

Continue Reading

झरना साहित्यिक परिवारको नयाँ कार्यसमिति

७ भदौ २०८२, हेटौंडा झरना साहित्यिक परिवार मकवानपुरको पाँचौं अधिवेशन सम्पन्न भएको छ । यो अधिवेशनले गायत्री रुपाखेतीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । कार्य समितिको उपाध्यक्षमा कृष्ण घतानी, सचिवमा नीलहरि ढुङ्गेल, कोषाध्यक्षमा अजर फुँयाल, सहसचिवमा अमृता लामिछाने तथा सदस्यहरूमा हरिप्रसाद घिमिरे , मञ्जु दाहाल , विजय दोङ , स्वस्तिका दाहाल र शिव […]

Continue Reading

टोखामा मोती जयन्तीमा कार्यक्रम सम्पन्न

८ भदौ २०८२, काठमाडौं युवाकवि मोतीराम भट्टको १६०औं जन्मजयन्तीको अवसरमा छहरा साहित्य समाज, धापासीद्वारा आयोजित कवि प्रा.नारायणप्रसाद कट्टेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मोतीराम भट्ट सम्बन्धी चर्चा, रचना पाठ तथा कविता वाचन गरियो । कार्यक्रमको सुरुमा छहरा साहित्य समाजका सचिव भोला प्रेमीले स्वागत मन्तव्यका साथ कार्यक्रम प्रारम्भ गरेका थिए । सो कार्यक्रममा कवि तोया गौतमले मोतीरामको […]

Continue Reading

जयपृथ्वीबहादुर सिंह जयन्तीमा सर्जकहरू सम्मानित

७ भदौ २०८२, काठमाडौं नेपाल बालसाहित्य समाज(नेबासास)ले जयपृथ्वीबहादुर सिंहको १४९ औं जन्मजयन्तीका अवसरमा सर्जकहरुलाई सम्मान गरेको छ । जयपृथ्वी बालकला पुरस्कार २०८१ बालिका कल्पना विष्ट तथा जयपृथ्वी बालकला लेखक पुरस्कार २०८१ बालिका अनुभूति बुढा मगर बाल कथासंग्रह बन्द कोठाका लागि बालिका अवानी खड्का सम्मानित भएकी थिइन् । नेबासास जयपृथ्वी सम्मान २०८१ बाट डा. शैलेन्दुप्रकाश नेपाल, […]

Continue Reading