‘हत्केलामा घाम’विमोचित

३१ असार २०८२, काठमाडौं कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित साहित्यकार प्रमोद नेपालको ‘हत्केलामा घाम’ मुक्तक सङ्ग्रह तथा कवि नेपालका गीतहरूको प्रमुख अतिथि वियोगी बुढाथोकी लगायत मञ्चासिन अतिथिहरूबाट एक समारोहका बीच सम्पन्न भएको छ। उक्त कार्यक्रममा लोकार्पित पुस्तकको बारे प्रा. कपिल अज्ञातले समीक्षात्मक मन्तव्य दिएका थिए । कवि नेपालद्वारा रचित गीतहरूमाथि साहित्यकार विजयध्वज थापाले समीक्षात्मक मन्तव्य राखेका […]

Continue Reading

रमेशगङ्गा स्रष्टा सम्मानले दुई प्रतिभा सम्मानित

३१ असार २०८२, काठमाडौं नेपाल स्रष्टा समाजले एक समारोहका बीच ‘रमेशगङ्गा स्रष्टा सम्मान-२०८० ‘ स्रष्टा सरस्वती रिजाललाई तथा ‘रमेशगङ्गा स्रष्टा सम्मान- २०८१’ कवि विधान आचार्यलाई वरिष्ठ साहित्य साधक रमेशचन्द्र देवकोटा,नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’,बागमती प्रदेशका माननीय डा.दिनेशचन्द्र देवकोटा लगायतले प्रदान गरे । नेपाली साहित्य सिर्जनामा निरन्तर लामो समयसम्म साधनारत रहेर उल्लेख्य योगदान पुर्याए […]

Continue Reading

गुञ्जनका पाँच पुरस्कारहरूको निर्णय

३० असार २०८२, काठमाडौं नेपाली लेखिकाहरुको अग्रणी संस्था गुञ्जनको कार्यसमितिको बैठकले गुञ्जनले प्रदान गर्ने पुरस्कारहरूको घोषणा गरेको छ । प्राप्त जानकारी अनुसार गुञ्जन त्रिवेणी पुरस्कार २०८१-डा. बेन्जु शर्मालाई, प्रतिभा पुरस्कार- मन्दिरा मधुश्रीलाई, गुन्जन मातृभाषा पुरस्कार २०८१- सन्जा दनुवारलाई, गुन्जन साहित्य सम्मान-नरेन्द्र बहादुर श्रेष्ठलाई तथा गुन्जन ज्येष्ठ नागरिक सम्मान – हिरण्य कुमारी पाठकलाई प्रदान गर्ने निर्णय […]

Continue Reading

विश्व नेपाली साहित्य महासङ्घमा नयाँ नेतृत्व

१३ जुलाई २०२५, काठमाडौं आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा आयोजित विशेष समारोहमा विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयन भएको छ । डा. लेखनाथ काफ्ले (ताइवान) को अध्यक्षतामा चयनित नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा डेन्जोम साम्पाङ (अमेरिका), उपाध्यक्षहरूमा गोविन्द गौतम (रूस), विजय हितान (बेलायत), सुनिता राई कन्दङ्वा (काठमाडौं) र डा. मनमुर्ती […]

Continue Reading

जापानमा भानु जयन्ती

१३ जुलाई २०२५, टोकियो नेपाली राजदुतावासले टोकियोमा काव्यवाचन र स्वागत कार्यत्क्रम गरेर २१२ औं भानु जयन्ती मनाएको छ । जापानमा बसिरहेका स्रष्टाहरूको उपस्सथितिमा भएको सो समारोहमा राजदूत दुर्गाबहादुर सुवेदीले जाति, समाज संस्कृति र राष्टृसित भाषाको ठूलो भूमिका हुने बताउँदै भानुभक्तको योगदान अतुलनीय रहेको बताए । प्रमुख अतिथिको आसनबाट बोल्दै कथाकार धुव मधिकर्मीले अदिकवि भानुभक्तबाट सुरू […]

Continue Reading

सिक्किमका अग्रणी कथाकार सानु लामाको निधन

१२ जुलाई २०२५, गान्तोक सिक्किमका अग्रणी कथाकार सानु लामाको उपचारको क्रममा सिलिगढीमा दुःखद निधन भएको छ । ईसं १९३९ जुन १५ का दिन गान्तोकमा जन्मेका उनको औपचारिक नाम गडुलसिं लामा भए पनि उनी साहित्य जगतमा सानु लामाले परिचित र प्रतिष्ठित छन् । सन् १९५७ सालमा “चङ्गा” लघुकथा प्रकाशन गरी साहित्य जगतमा उदाएलका उनका सम्पद, मृगतृष्णा, […]

Continue Reading

कथावाचन एक्काइसौं शृङ्खला सम्पन्न

२७ असार २०८२, काठमाडौं नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको कथावाचन कार्यक्रमको एक्काइसौं श्रृङ्खला सम्पन्न भएको छ । कुनै दिवङ्गत स्रष्टाको सम्मानस्वरूप स्रष्टा श्यामराजाको ‘सुस्केरा’ शीर्षकको कथा वाचन गरियो कथाकार इन्दिरा प्रसाईले वाचन गरेकी थिइन् । त्यसपछि मधुवन पौडेलले आफ्नो कथा ’भीड, भाषण र खुल्ला मंच’, […]

Continue Reading

राजेन्द्र सुवेदी पुरस्कार मोदनाथ प्रश्रित र टेकवीर मुखियालाई प्रदान गरिने

२० असार २०८२, काठमाडौं राजेन्द्र सुवेदी स्मृति समाजको बैठकले यस वर्षको राजेन्द्र सुवेदी पुरस्कार साहित्य तर्फ मोदनाथ प्रश्रित तथा कला टेकवीर मुखियालाई प्रदान गर्ने निर्णय गरिएको छ। गत वर्षदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलोपल्ट साहित्यतर्फ दयाराम श्रेष्ठलाई तथा कलातर्फ भैरववहादुर थापालाई प्रदान गरिएको छ । पुरस्कारको राशी २२ हजार रहेको छ । सो पुरस्कार […]

Continue Reading

‘यसरी बुझ्दा‘ को गान्तोकमा सार्वजनिक

५ जुलाई २०२५, गान्तोक, सिक्किम गान्तोकको जनपक्ष प्रकाशनको आयोजनामा प्रोफेसर डा दिवाकर प्रधानको अनुसन्धानात्मक र चिन्तनमूलक निबन्धात्मक लेख सङ्ग्रह ‘यसरी बुझ्दा‘ सार्वजनिक भयो। साहित्यकार राज के श्रेष्ठको अध्यक्षतामा भएको उक्त समारोहमा भाषाविद् डा गोकुल सिन्हा प्रमुख अतिथि रहेका थिए । लेखककी अर्धाङ्गिनी दिवङ्गत निर्मला प्रधानको चौथो पुण्यतिथिको स्मरणमा आयोजित समारोहमा दिवङ्गताको छायाछविमा पुष्पाञ्जलि गरी कार्यक्रमको […]

Continue Reading

योगमाया राष्ट्रिय स्रष्टा सम्मान समर्पण गरियो

२२ असार २०८२, काठमाडौं नेपाल स्रष्टा समाजले योगमाया राष्ट्रिय स्रष्टा सम्मान २०८२ सुकन्या वाइवालाई तथा तथा योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय स्रष्टा सम्मान २०८२ भूपाल बस्नेतलाई प्रदान गरेको छ । सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमकी प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा सामाजिक अभियन्ता दुर्गा घिमिरे,स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’,पुरस्कार संस्थापक रेखा कंडेल र राजेश न्यौपाने लगायतले सामुहिक रुपमा […]

Continue Reading