अक्षरमार्गबाट वाङ्मयसेवीहरू सम्मानित

१४ भदौ २०८२, काठमाडौं अक्षरमार्गको तेह्रौँ वार्षिक उत्सवको अवसरमा वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुहुने बिभिन्न सर्जकहरुलाई सम्मान गरिएको छ । काठमाडौमा आयोजित सम्मान सर्मपण कार्यक्रममा विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट साहित्यकार श्रीहरि फुयाल , श्रीराम स्मृति अक्षरमार्ग सम्मानबाट काजी रोशन सम्मानित भएका छन । त्यस्तै नरबहादुर अक्षरमार्ग स्रष्टा सम्मानबाट अन्जना वस्ती भट्टराई, कृष्णसुन अक्षरमार्ग साहित्यिक […]

Continue Reading

लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’माथि विमर्श कार्यक्रम सम्पन्न

१४ भाद्र २०८२, काठमाडौं पत्रकार तथा कथाकार लक्ष्मण वियोगीको कथाकृति ‘सत्यम्’को शनिवार विमर्श सम्पन्न भएको छ । वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा. गोविन्दराज भट्टराईको सभापतित्व तथा डा. तुलसीप्रसाद भट्टराईको प्रमुख आथित्यमा भएको विमर्श कार्यक्रममा प्रा.डा. कुमारप्रसाद कोइरालाले प्रमुख वक्ताको भूमिका निर्वाह गरेका थिए । लेखक तथा पत्रकार राजेश खनालले सञ्चालन गरेको कार्यक्रममा १५ कथा सङ्ग्रहित […]

Continue Reading

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कारको घोषणा

१५ भदौ २०८२, चितवन खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले एक विज्ञप्ति प्रकाशित गर्दै रमेश भुसालको ‘छालबाटो’लाई वि.सं. २०८१ सालको पद्मश्री पुरस्कार, नेपाली शिक्षा परिषद्‌की अध्यक्ष रमा शर्मालाई पद्मश्री साधना सम्मान तथा प्रा.डा. अभि सुवेदीलाई पद्मश्री गौरव पुरस्कार प्रदान गर्ने निर्णय भएको जनाएका छन् । यी तीनै पुरस्कार र सम्मानमा तीन लाख […]

Continue Reading

भैरव पुरस्कार गुठीका तीन पुरस्कारको घोषणा

१३ भाद्र २०८२, काठमाडौं नेपाली साहित्यका प्रख्यात हास्यब्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कारकको घोषणा भएको छ । गुठीले जनाए अनुसार एक लाख एघार हजार एकसय एघार रुपैयाँ राशीको २०८२ सालको “भैरव पुरस्कार” कृष्ण प्रधान भारत, सिलिगडी, एक लाख एक हजार एकसय एघार रुपैयाँको “भैरव वाङ्मय पुरस्कार” चित्रकलाकार हरिप्रसाद शर्मालाई तथा एकाउन्न हजार एकसय […]

Continue Reading

अक्षरमार्गले आफ्नो वार्षिकोत्सवमा सात प्रतिभालाई सम्मान गर्ने

१२ भदौ २०८२, काठमाडौं अक्षरमार्गले आफ्नो १३औं वार्षिकोत्सवका अवसरमा नेपाली वाङ्मयका सात प्रतिभाहरूलाई सम्मान गर्ने भएको छ । अक्षर मार्गका सुर्य लाकोजुले जनाए अनुसार यस वर्षको विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मान श्रीहरि फुयाललाई प्रदान गरिनेछ । यस सम्मानको व्यवस्थापन साहित्यकार सूर्य लाकोजूले आफ्ना मातापिता विष्णुप्रसाद लाकोजू र माता हेममाया लाकोजूको नाममा गरेका हुन् । कृष्णदास […]

Continue Reading

कलकत्तामा तेत्तीसौं भाषा मान्यता दिवस सम्पन्न

२४ अगस्त २०२५, कोलकाता   लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान कलकत्ताको आयोजनामा ३३ औँ भाषा मान्यता दिवस भव्यरुपमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथिमा डा. राजेन्द्र भण्डारी, विशिष्ठ अतिथि समाजसेवी सुश्री रंगु सौरिया र साहित्यकार श्री बिमल लामा अनि अतिथिहरूमा प्रा डा प्रिती घतानी, श्री समशेर अली, श्री नारायण प्रसाद हुमागाई, श्री रोशन सिंह, […]

Continue Reading

झरना साहित्यिक परिवारको नयाँ कार्यसमिति

७ भदौ २०८२, हेटौंडा झरना साहित्यिक परिवार मकवानपुरको पाँचौं अधिवेशन सम्पन्न भएको छ । यो अधिवेशनले गायत्री रुपाखेतीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । कार्य समितिको उपाध्यक्षमा कृष्ण घतानी, सचिवमा नीलहरि ढुङ्गेल, कोषाध्यक्षमा अजर फुँयाल, सहसचिवमा अमृता लामिछाने तथा सदस्यहरूमा हरिप्रसाद घिमिरे , मञ्जु दाहाल , विजय दोङ , स्वस्तिका दाहाल र शिव […]

Continue Reading

टोखामा मोती जयन्तीमा कार्यक्रम सम्पन्न

८ भदौ २०८२, काठमाडौं युवाकवि मोतीराम भट्टको १६०औं जन्मजयन्तीको अवसरमा छहरा साहित्य समाज, धापासीद्वारा आयोजित कवि प्रा.नारायणप्रसाद कट्टेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मोतीराम भट्ट सम्बन्धी चर्चा, रचना पाठ तथा कविता वाचन गरियो । कार्यक्रमको सुरुमा छहरा साहित्य समाजका सचिव भोला प्रेमीले स्वागत मन्तव्यका साथ कार्यक्रम प्रारम्भ गरेका थिए । सो कार्यक्रममा कवि तोया गौतमले मोतीरामको […]

Continue Reading

अर्चना र विभोरका गजलसङ्ग्रह विमोचित

७ भदौ २०८२, काठमाडौं अनाम मण्डलीको आयोजनामा युवाकवि मोतीराम भट्टको १६० औँ जन्मजयन्तीको अवसर पारेर सप्रेम अर्चनाको’मनले अब पङ्ख उचालिसक्यो’ र विभोर बरालको’मनभित्र ब्रम्हाण्ड छ’ गजलसङ्ग्रहहरू विमोचन गरिएका छन्। कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व साहित्यिक पत्रकार तथा वरिष्ठ लेखक रोचक घिमिरेले नेपाली गजलको उत्थान र प्रबर्द्धन गर्ने मोती मण्डलीको चर्चा गर्दै युवा दम्पती सप्रेम अर्चना र […]

Continue Reading

जयपृथ्वीबहादुर सिंह जयन्तीमा सर्जकहरू सम्मानित

७ भदौ २०८२, काठमाडौं नेपाल बालसाहित्य समाज(नेबासास)ले जयपृथ्वीबहादुर सिंहको १४९ औं जन्मजयन्तीका अवसरमा सर्जकहरुलाई सम्मान गरेको छ । जयपृथ्वी बालकला पुरस्कार २०८१ बालिका कल्पना विष्ट तथा जयपृथ्वी बालकला लेखक पुरस्कार २०८१ बालिका अनुभूति बुढा मगर बाल कथासंग्रह बन्द कोठाका लागि बालिका अवानी खड्का सम्मानित भएकी थिइन् । नेबासास जयपृथ्वी सम्मान २०८१ बाट डा. शैलेन्दुप्रकाश नेपाल, […]

Continue Reading