१४ भदौ २०८२, काठमाडौं
अक्षरमार्गको तेह्रौँ वार्षिक उत्सवको अवसरमा वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुहुने बिभिन्न सर्जकहरुलाई सम्मान गरिएको छ ।
काठमाडौमा आयोजित सम्मान सर्मपण कार्यक्रममा विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट साहित्यकार श्रीहरि फुयाल , श्रीराम स्मृति अक्षरमार्ग सम्मानबाट काजी रोशन सम्मानित भएका छन । त्यस्तै नरबहादुर अक्षरमार्ग स्रष्टा सम्मानबाट अन्जना वस्ती भट्टराई, कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकार सम्मानबाट शशी पन्थी, कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मानबाट तिलक प्रकाश कायस्थ , ध्रुबमिरा अक्षरमार्ग मिराज प्रतिभा सम्मानबाट प्रा डा तुलसी भट्टराई , भरतराज अक्षरमार्ग काभ्रेली स्रष्टा समानबाट प्रा. डा. सुमनराज ताम्राकार सम्मानित भएका हुन् । उहाँहरूलाई कार्यक्रमका कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले सम्मान अर्पण गरेका थिए । त्यस्तै प्रल्हाद केसी , राजेश श्रेष्ठ , ध्रुब कृष्ण ताम्राकारबाट सम्मानित सर्जकहरुलाई माला, टीका , मायाको चिनो तथा नगद प्रदान भएको थियो। अक्षरमार्गले हरेक वर्ष वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ ।
कार्यक्रममा विशिष्ट अतिथि प्राडा गोविन्दराज भट्टराई, प्रा डा लक्ष्मण गौतम, साहित्यकार सूर्य लाकोजू , प्राडा कुमार कोइराला, वियोगी बुढाथोकी, विजय कर्माचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
