मदन पुरस्कार र जगदम्बाश्री पुरस्कारको घोषणा

२१ भदौ २०८३, काठमाडौं नेपाली वाङ्मय जगतको जेठो नीजि क्षेत्रको प्रतिष्ठित मदन पुरस्कार वि.सं. २०८२ का लागि वीणा जोशी (राजभण्डारी)को कृति “नेवार समुदायका परम्परागत मुकुण्डोनाच” पुस्तकका लागि प्रदान गरिने भएको छ । यस अघि गुठीले १० पुस्तकहरूको सूचि प्रकाशित गरेको थियो, जसमध्ये यो कृति विजेता भयो । नेपाली भाषाका उत्कृष्ट कृतिलाई दिइने पुरस्कार भएकोले मदन […]

Continue Reading

नेपाल स्रष्टा समाजको २० औं अधिवेशनबाट श्रीओम श्रेष्ठ ‘रोदन’पुनः अध्यक्ष निर्वाचित

२१ भदौ २०८३, काठमाडौं नेपाल स्रष्टा समाजको २०औं अधिवेशनले श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । निर्वाचनमा अध्यक्ष रोदन सहित उपाध्यक्षमा प्रकाश घायल, महासचिव मधु पाठक, कोषाध्यक्षमा तारा सुबेदी निर्विरोध निर्वाचित भएका छन् । ४ सदस्य पदमा भएको निर्वाचनमा सचिव पदमा प्रदीप सापकोटा विजयी तथा सदस्यहरुमा क्रमश यादव भट्टराई,डा.शान्तिमाया गिरी,सुमन थापा सङ्गम,तोयानाथ […]

Continue Reading

कवि प्रतिभा पौडेलको सातौँ कृति ‘तितिक्षा’ महाकाव्य लोकार्पित

२० भदौ २०८३ इलाम । कवि प्रतिभा पौडेलको सातौँ कृति (महाकाव्य) ‘तितिक्षा’ हिजो इलामस्थित अरनिको सांस्कृतिक संग्रहालय, पुरानो दरबारमा एक कार्यक्रमबीच लोकार्पण गरिएको छ। इलाम नगरपालिकाका प्रमुख केदार थापाको प्रमुख आतिथ्य तथा इलाम नगर साहित्य, कला तथा संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा आयोजित कार्यक्रममा महाकाव्य ‘तितिक्षा’ सार्वजनिक गरिएको हो। कार्यक्रममा साहित्यकार तथा साहित्यप्रेमीहरूको उल्लेख्य […]

Continue Reading

होमनाथ खनालको ‘हराएको साथी’ लोकार्पित

२०८३ भदौ १९, काठमाडौं । मिलाप मासिक र साहित्यिक पत्रकार संघको संयुक्त आयोजनामा स्रष्टा होमनाथ खनालको तेस्रो कृति ‘हराएको साथी’ लोकार्पण गरिएको छ । साहित्य, कला र संगीत क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा आयोजित कार्यक्रममा प्रमुख अतिथि महाकाव्यकार खेमनाथ दाहाल, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, मिलाप मासिकका सम्पादक कृष्ण भुसाल, गीतकार संघ नेपालका अध्यक्ष वसन्त […]

Continue Reading

निरूपा छेत्री को कवितासङ्ग्रह “मौनताको अनावरण” पढेपछि

भाष्कर मैनाली शर्मा दार्जिलिङ निरूपा छेत्री द्वारा लिखित कवितासङ्ग्रह मौनताको अनावरण यसै वर्ष २०२६ को अगस्ट महिनामा प्रकाशित भएको हो। यो कृति लेखिका को प्रथम कृति रहेको छ। जम्मा ८५ पृष्ठहरू र ४५ वटा कविताहरू भएको यो पुस्तक केही मझौला आकारको रहेको छ। यस पुस्तकका प्रकाशक निर्मल छेत्री रहेका छन् भने यस पुस्तकको मुद्रण ग्राफिक […]

Continue Reading

कमल रेग्मीका गीतहरू

नवीन पौड्याल, कालिम्पोङ परिचय : गीत भनेको आनन्दको स्रोत हो। प्रकृति नै गीतको अनन्त स्रोत हो। प्रकृतिमा नै गीत संगीत सिर्जना हुन्छ। चराचुरूङ्गीहरू स्वरहरूको मिठासपन, हावाको बेगबाट उब्जने मिठो आवाज आदि मान्छेले सभ्यताको प्रारम्भदेखि नै सुन्दै आएको हो। मान्छेले प्राकृतिक वस्तुहरूको धर्षणबाट नै बाजा बजाउने सिक्यो, गाउन सिक्यो। गीतले मानव मनलाई उद्वेलित तरङ्गित र आनन्दित बनाउँछ। […]

Continue Reading

अनेसास नेपालमा नयाँ नेतृत्व

८ भदौ २०८३, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको चौथो महाधिवेशनबाट अध्यक्षमा साहित्यकार मञ्जिला अनिल निर्वाचित भएकी छिन् । काठमाडौंमा आयोजित चुनावी सभामा सम्पन्न मतदानबाट मन्जिला अनिल आगामी दुई वर्ष (सन् २०२६–२८)को कार्यकालका लागि अध्यक्ष निर्वाचित भएकी हुन् । अध्यक्षबाहेक अन्य सबै पदका लागि उम्मेद्वारहरू निर्विरोध निर्वाचित भएका थिए । निर्विरोध निर्वाचित हुनेहरूमा […]

Continue Reading

‘सिर्जनविधाका परिधिमा तीर्थराज अधिकारी’ लोकार्पित

३१ साउन २०८३, काठमाडौं दायित्व वाङ्मय प्रतिष्ठान, नेपालद्वारा काठमाडौँमा आयोजित एक समारोहबीच प्रमुख अतिथि प्राज्ञ प्राध्यापक दिनेशराज पन्तले समालोचक दीपकप्रसाद गौतमद्वारा तयार गरिएको अनुसन्धानात्मक कृति ‘सिर्जनविधाका परिधिमा तीर्थराज अधिकारी’ को लोकार्पण गरे । सो अवसरमा प्रमुख अतिथि पन्तले कृतिकार गौतमको प्रशंसा गर्दै कृतिनायक तीर्थराज अधिकारीको सिर्जना र साहित्यिक योगदानका बारेमा चर्चा गरे । भुवानीशङ्कर बहुमुखी […]

Continue Reading

मासिक कथावाचन कार्यक्रमको तेत्तीसौं श्रृङ्खला सम्पन्न

२९ साउन २०८३, काठमाडौं नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौंमा आयोजन गरिँदै आएको मासिक कथावाचन कार्यक्रमको तेत्तीसौं श्रृङ्खला मिति सम्पन्न भएको छ । कार्यक्रमको शुरुमा अभियानका परिकल्पनाकार कथाकार÷नियात्राकार चन्द्रप्रसाद भट्टराईले सम्पूर्ण अतिथिहरुको स्वागत गर्दै नेपाली कथाको विकासक्रम र इतिहासबारे गहन अध्ययन–अनुसन्धान गर्ने बृहत उद्देश्य लिई शुरु गरिएको यस […]

Continue Reading

साहित्यिक पत्रकार संघबाट पाँच सर्जक सम्मानित

२९ साउन २०८३, काठमाडौं साहित्यिक पत्रकार संघले आफ्नो ५५ औँ वार्षिकोत्सवका अवसरमा पाँचजना सर्जकहरू संस्कृतिविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठ, चित्रकार प्रा.मदन चित्रकार,कवि ज्ञान उदास र कलाकारद्वय चैत्यदेवी सिंह तथा सन्तोष पन्तलाई सापस विशिष्ट सर्जक सम्मानद्वारा सम्मानित गरिएको छ। सभाका सभापति राधेश्याम लेकाली तथा प्रमुख अतिथि के.के.कर्माचार्यद्वारा दोसल्ला ओढाएर ढाका टोपी र फूलको माला लगाइदिएर अभिनन्दन-पत्र समर्पण गरिएको […]

Continue Reading