भाष्कर मैनाली शर्मा दार्जिलिङ
निरूपा छेत्री द्वारा लिखित कवितासङ्ग्रह मौनताको अनावरण यसै वर्ष २०२६ को अगस्ट महिनामा प्रकाशित भएको हो। यो कृति लेखिका को प्रथम कृति रहेको छ। जम्मा ८५ पृष्ठहरू र ४५ वटा कविताहरू भएको यो पुस्तक केही मझौला आकारको रहेको छ।
यस पुस्तकका प्रकाशक निर्मल छेत्री रहेका छन् भने यस पुस्तकको मुद्रण ग्राफिक प्रिन्टर्स दार्जिलिङ मोड सिलिगुडी मा गरिएको छ।
यस कवितामा मात्रै एउटै प्रकारको कविताहरू रहेको छैन तर यस कविता संग्रहमा धेरै प्रकारको कविताहरू रहेको छ। यस कवितामा नैतिकताको सन्देशहरूले भरिएको कविताहरू पनि रहेको छ जस्तै सकारात्मक बन्न सकौं, थाक्नु होइन जाग्नु पर्छ। यस सङ्गै आफ्नो मनभित्र रहेको भावनाहरू पनि कवियत्री ले आफ्नो कवितासङ्ग्रह मार्फत पोखएकी छन् जस्तै आहत भयो मन, तड्पिएको मुटु, सम्झौता, मेरो आमा, ससुरा बाबा, फौजीको श्रीमती इत्यादि।
कवियत्रीले आफ्नो कविता मार्फत हिन्दू नेपाली चाड बाड को महत्वबारे पनि कविता लेखेका छन्।जस्तै रमाइलो तीज, दसैंको सम्झना, तिहार इत्यादि।
यस कवितामा लेखिकाले आफ्नो सनातन हिन्दु धर्म प्रति पनि आफ्नो कविता मार्फत आस्था देखाएकी छन्। अहिलेको समयमा अधिकांस नेपाली वा अन्य भाषा भाषी का साहित्यकारहरू सनातन धर्मको केही विरुद्धमा लेख्दा आफैलाई केही माथिल्लो दर्जाको साहित्यकार ठान्ने गर्छन् तर यहाँ लेखिकाले आफ्नो सनातन धर्मको महानता यसको महत्व बारे र उनको कविता पढ्दा केही हदसम्म उनी आफू हिन्दू धर्मावलम्बी हुनु गर्वित ठानेको महसुस हुन्छ, यो कुरा अहिलेको समसामयिक नेपाली साहित्यमा विरलै पाइन्छ, उनले यस कवितामा आध्यात्मिक विचारधारालाई आधार बनाएर लेखेका कविता “आत्मा निवासी राम” रहेको छ भने उनको अन्य धेरै कविताहरू मा पनि आध्यात्मिकता झल्किएको छ।
यस कविता संग्रह मार्फत कवियत्रीले आफ्नो देशप्रति पनि भक्तिभाव देखाएकी छिन् यस सङ्ग्रहमा रहेको जय जय भारतभूमि, फौजीको श्रीमती, तिरंगको मान जस्ता कविताहरूले लेखिकाको देशप्रतिको प्रेम दर्शाएको छ।
यस सङ्ग्रहमा लेखिकाले केही नारीवादी कविताहरू पनि लेखेका छन् जस्तै “नारी” नामक कविता, “अत्याचार ले सीमा नाग्यो” नामक कवितामा नारीवादी स्वर देख्न पाइन्छ। लेखिका स्वयम् एउटी नारी भएर होला उनको यी कविताहरूमा नारीवादी स्वरहरु बेजोड रूपले गुन्जिएको छ।
यस संग्रहको मजदुरीको मूल्यांकन नामक कवितामा हामी गोर्खाली जाती को संघर्ष, दुःख, व्यथा र पराक्रम बारे पनि कविता लेखेका छन्। यस सङ्गै ” म जन्मेको ठाउँ”, र “रमाइलो सरस्वती पूजा” नामक कविता मार्फत लेखिकाले आफ्नो बाल्यकालको स्मरण गरेकी छन्।
यस सङ्गै लेखिकाले प्रकृति प्रेम र यसको संरक्षण बारे पनि यस सङ्ग्रहमा कविताहरु लेखेका छन् जस्तै यस संग्रहको ” प्रकृतिको सम्मान”, ” माझँघर”, हिउँको टाकुरा नामक कविताहरु यसको उदहारणहरु हो। प्रकृतिको सम्मान हामीले नगरेको हुनाले अहिले हाम्रो संसारमा धेरै समस्याहरू आइरहेको छ, त्यसैले प्रकृतिको संरक्षण अहिलेको समयमा सबैभन्दा महत्वपूर्ण कुरा रहेको छ। हामी जति नै माथि पुगे पनि हाम्रो मौलिकता नै हाम्रो जरा हो उही मौलिकता माथी पनि कवियत्री ले ” मौलिकता शीर्षक दिएर कविता लेखेका छन्।
यस संग्रहको “हाम्रो साहित्य संस्कृति” र साहित्यको महत्व बुझिन रहेछु भन्ने शीर्षक रहेको कविताहरू पढ्दा लेखिकाको साहित्यप्रतिको प्रेम बारे बुझ्न सकिन्छ।
यस संग्रहको “जिन्दाबाद र मुर्दाबाद” को नाराहरू नामक कविता पढ्दा लेखिकाको राजनीति प्रतिको सचेतता बारे पनि बुझ्न सक्छौ। यसै गरी यस संग्रहको “ससुरा बाबा” नामक कविता पढ्दा लेखिकाले आफ्नो ससुरा बाबु लाई आफ्नो नै बाबु सरह प्रेम गरेको कुरा र उनलाई आफ्नो पिता तुल्य ठानेको कुरा हामी बुझ्न सक्छौ। यस सङ्गै यस संग्रहको “मेरी आमा” नामक कवितामा लेखिकाले मानिसहरूको जीवनमा “आमा”को महत्व कस्तो प्रकारको रहेको हुन्छ भन्ने कुरा पनि देखाउन खोजेका छन्।संग्रहको “मजदुरी को मूल्यांकन” नामक कवितामा कवियत्रीले हाम्रो समाजको सर्वहारा र खटि खाने समुदायको बारेमा कविता लेखेका छन्। यस सङ्गै उनले लेखेको “प्रगति” नामक कवितामा लेखिकाले आलस्य लाई त्यागेर सुन्दर जीवनको निम्ति महेनत गरे मात्रै प्रगति हुनसक्ने विचार पोखेकी छन्।
०००
