२१ भदौ २०८३, काठमाडौं
नेपाल स्रष्टा समाजको २०औं अधिवेशनले श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । निर्वाचनमा अध्यक्ष रोदन सहित उपाध्यक्षमा प्रकाश घायल, महासचिव मधु पाठक, कोषाध्यक्षमा तारा सुबेदी निर्विरोध निर्वाचित भएका छन् । ४ सदस्य पदमा भएको निर्वाचनमा सचिव पदमा प्रदीप सापकोटा विजयी तथा सदस्यहरुमा क्रमश यादव भट्टराई,डा.शान्तिमाया गिरी,सुमन थापा सङ्गम,तोयानाथ गौतम विजयी भए ।
निर्वाचनपूर्व उद्घाटन सत्रमा विभिन्न साहित्यिक संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधि एवं सदस्यहरुले अधिवेशनको सफलताको शुभकामना दिँदै समाजले भाषा,साहित्यको क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए ।
शुभकामना मन्तव्य व्यक्त गर्नेहरुमा वरिष्ठ नाटकार,साहित्यकार एवं समाजका सल्लाहकार अशेष मल्ल,सल्लाहकार लक्ष्मणप्रसाद गौतम,संरक्षक पवन आलोक,नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवाल,दायित्व प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त थिए । यसैगरी एपेक नेपालका अध्यक्ष विश्वमोहन श्रेष्ठ,साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली,मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने,रमेश विकल प्रतिष्ठानका महेन्द्र चालिसे,लिलाध्वज थापा प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा ,गुञ्जनका अध्यक्ष जलेश्वरी श्रेष्ठ तथा अभिनव साहित्यिक प्रतिष्ठानका अध्यक्ष वेदमणि घिमिरे रहेका थिए ।
कार्यक्रममा सहभागीहरुलाई स्वागत मन्तव्य समाजका अध्यक्ष एवं सभाध्यक्ष रोदनले गरेका थिए ।अध्यक्षले मन्तव्यकै क्रममा आफुले कार्यसमितिका सबैले राम्रो कार्य गरेकोले समाज यो अवस्थामा आइपुगेको भन्दै उत्कृष्ट पदाधिकारीको रुपमा कोषाध्यक्ष तारा सुवेदीलाई सम्मान समेत गरिएको थियो । उद्घाटन सत्रमा कार्यकारी सदस्य डा.शान्तिमाया गिरीले धन्यवाद ज्ञापन तथा सभा सञ्चालन महासचिव प्रकाश घायलले गरेका थिए ।
निर्वाचन समितिका संयोजक प्राडा लक्ष्मणप्रसाद गौतमले निर्वाचित हुने सबैलाई माला तथा प्रमाणपत्र प्रदान, संरक्षक पवन आलोकले टीका तथा निर्वाचन संयोजक प्राडा गौतमले निर्विरोध र मतदानद्धारा निर्वाचित सबै पदाधिकारीहरुलाई बधाई तथा कार्यकालको सफलताको निम्ति शुभकामना दिंदै सपथ ग्रहण गराएका थिए ।
निर्वाचन प्रयोजनका लागि प्रा डा गौतमको संयोजकत्वमा राजेश खनाल,अधिवक्ता विजयभक्त श्रेष्ठ सदस्य रहेको निर्वाचन समिति गठन भएको थियो ।
