“विदेशमा नेपाल खोज्दै” कृतिको परिचर्चा

२८ साउन २०८३, काठमाडौं । साहित्यिक पत्रकार संघको आयोजनामा स्रष्टा भीम उदासद्वारा लिखित विशेषगरी एनआरएनको स्थापनाको विषयमा केन्द्रित संस्मरणात्मक कृति ‘विदेशमा नेपाल खोज्दै’को परिचर्चा गरियो । कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री एवम् कवि गीतकार एस्पी कोइरालाले कुटनीति, कलम र कर्म भीम उदासको शक्ति भएको धारणा राखे । कृतिलाई लेखकीय इमानदारीले महत्त्वपूर्ण बनाएको उनको भनाइ थियो […]

Continue Reading

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको संक्षिप्त सूचि प्रकाशित

२४ साउन २०८३, चितवन “कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार” का लागि कविडाँडा साहित्य समाज, चितवनले का लागि आठ कृतिको संक्षिप्त सूची प्रकाशित गरेको छ । कविडाँडा साहित्य समाजका अध्यक्ष एल.बी. क्षेत्री हस्ताक्षरित विज्ञप्ति अनुसार ती आठ कृतिहरुमा अज्ञात (केशवराज ज्ञवाली), इथा (केशव दाहाल), तोरकीन (क्षितिज समर्पण), महायुग (सीमा आभास), राजमाता (नीलम कार्की निहारिका), सत्यम् (लक्ष्मण वियोगी), […]

Continue Reading

एउटा घुर्मैलो कल्पको प्रेम

गोविन्द पौडेल, काठमाडौं   अज्ञात सपनाको बगैंचाभित्र पल्किएको न्यास्रोपनाको आँसु , शून्यताको शिशिर र बिराना पाइलाहरूको डोब कहाँ पो लुकाउँछौ लिली ? पहाडका नागबेली गोरेटाहरूमा अलमलिएको उदास सपना टाढाको सम्झनामा हराएको मायाको रङ युगौं पुरानो चट्टानजस्तै मुटुभरि एउटा प्रागऐतिहासिक अवशेष बोकेर कतिन्जेल पर्खन्छौ लिली ? मौनता आफैंमा जवाफ रहेछ म त बिनाकारण कारण खोजिबसेँ कतिन्जेल […]

Continue Reading

आखरहील्माको लोकार्पण तथा विमर्श कार्यक्रम सम्पन्न

१६ साउन २०८३, स्याङ्जा, वालिङ। युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको पहिलो कृतिको रूपमा प्रकाशित मगर (ढूट) भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण तथा विमर्श कार्यक्रम- २०८३ सम्पन्न भएको छ । नेपाल मगर लेखक सङ्घ स्याङ्जाका अध्यक्ष युवा स्रष्टा जी.बी. रानाको अध्यक्षतामा सम्पन्न भएको समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा नेपाल मगर सङ्घका केन्द्रीय उपाध्यक्ष हर्क आले […]

Continue Reading

योगमाया : अदम्य साहसकी प्रतीक

लक्ष्मी उप्रेती, चेन्नई संसारमा भएका सबै प्राणीहरू हामीले देखेकै छैनौँ । मानव ज्ञानको सीमितता र संसारको विशाल आकारका कारण यस्तो भएको हो । यस संसारमा अनगिन्ती प्रकारका जीवजन्तु, सूक्ष्म जीव, वनस्पति र अन्य जीवनरूपहरू पनि छन् । मानिसले वैज्ञानिक अनुसन्धान र अनवरत खोजका माध्यमबाट धेरै प्रजातिहरू पत्ता लगाएको भए पनि पृथ्वीका सबै जीवहरूको प्रत्यक्ष अवलोकन […]

Continue Reading

नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूको मनोनयन

२२ साउन २०८३, काठमाडौं नेपाल प्रज्ञा–प्रतिष्ठानको पदाधिकारी रिक्त अवस्था समाप्त भएको छ । नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव जयनारायण तिवारी हस्ताक्षरित विज्ञप्ति २२ साउन २०८३ का अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिस बमोजिम प्रधानमन्त्री वालेन शाहले साउन १९ गते मनोनयन गरेका हुन् । बिज्ञप्ति अनुसार […]

Continue Reading

गङ्गा नदी : सभ्यता, संस्कृति, धर्म र प्रकृतिको जीवनधारा

भाष्कर मैनाली शर्मा, दार्जिलिङ गङ्गा शब्दको एक मात्र सर्वमान्य शाब्दिक अर्थ छैन, तर संस्कृत तथा परम्परागत व्याख्याअनुसार यसले निरन्तर बग्ने पवित्र जलधारालाई जनाउँछ। गङ्गालाई जीवनदायिनी, पवित्र तथा मानव सभ्यताको आधार मानिने नदीका रूपमा सम्मान गरिन्छ। हिन्दू धर्ममा गङ्गा केवल नदी मात्र नभई देवी गङ्गाको स्वरूप मानिने भएकाले यस शब्दले पवित्रता, शुद्धता, जीवन र मोक्षको प्रतीकात्मक […]

Continue Reading

सिर्जनात्मक समीक्षा र सीताराम काफ्ले

नवीन पौड्याल, कालिम्पोङ नेपाली साहित्यको श्रीवृद्धिमा भारतका दार्जिलिङ, सिक्किम र असमको ठुलो योगदान रहेको छ। यहाँबाट दिनानुदिन पुस्तक पत्रिका प्रकाशन, साहित्यिक भेला- गोष्ठी, साहित्यिक संस्था सक्रिय आदि सम्पन्न भइरहेका छन्। नयाँ नयाँ कवि लेखक देखा पर्दैछन्। अब भारतीय नेपाली साहित्य पूर्णतया विकसित भएको छ। अन्य छिमेकी ठुला ठुला भाषाका साहित्य जस्तै भारतको नेपाली साहित्य पनि […]

Continue Reading

सापसले पाँच साधकहरूको अभिन्दन गर्ने

१८ साउन, २०८३ काठमाडौं । साहित्यिक पत्रकार सङ्घले ५५ औं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रका ५ विशिष्ट साधकलाई अभिनन्दन गर्ने भएको छ । नेपाली संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान दिनु भएबापत वरिष्ठ संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ, नेपाली चित्रकलामा योगदान गर्नु भएबापत वरिष्ठ चित्रकार प्रा. मदन चित्रकार, नेपाली साहित्यमा योगदान गर्नु भएबापत वरिष्ठ कवि ज्ञान उदास, नेपाली […]

Continue Reading

‘यता कि उता ?’को विमोचन सम्पन्न

२ अगस्त २०२६, क्यारी, नर्थ क्यारोलाइना डा. शरद पराशर मरहट्टाको कविता सङ्ग्रह ‘यता कि उता ?’ अमेरिकाको नर्थ क्यारोलाइनास्थित क्यारीमा नर्थ क्यारोलाइना नेपाली साहित्य समाजको आयोजनामा कार्यक्रमका प्रमुख अतिथि डा.नीलम कार्की निहारिका, सभापति गीता बस्नेत र कमला मरहट्टाले संयुक्त रूपमा कृति विमोचन गरिएको सम्पन्न भयो । विमोचनपछि कृतिमाथि परिचर्चा तथा कविता वाचन गरिएको थियो । […]

Continue Reading