जेन्जी अवतार

भगवती बस्नेत, काठमाडौं कहिले निर्दल,कैले बहुदल कैले लोकतन्त्र कहिले गणतन्त्र अनेक विद्रोह झेल्नुपर्ने भाग्य दुर्भाग्यको साक्षी सिंहदरवार । देशको राजधानीमा उभिएर अनेक व्यवस्थाको साक्षी बनेर हेरिरह्यो व्यवस्था बदलिए पनि अवस्था कहिल्यै बदलिएन चरित्र वदलिएन निमुखाको जीवन बदलिएन जनजनका लागि दुर्गम भयो सिंह दरवार! विगत र वर्तमानको साक्षी ईतिहासको साक्षी दम्भ र अहङ्कारको साक्षी सिंहदरवारमा विस्फोट […]

Continue Reading

विद्यार्थीसँग साहित्यकार कार्यक्रम’मा ‘सत्यम्’का लेखक लक्ष्मण वियोगी

२२ असोज २०८२, स्याङ्जा विद्यार्थीहरूको सिर्जनशील विकासका लागि मध्यनजर राखी दहथुम माध्यमिक विद्यालयले आयोजना गर्दै आएको ‘विद्यार्थीसँग साहित्यकार कार्यक्रम’ सम्पन्न भएको छ । ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीबीच पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगीसँग अनौपचारिक सिर्जनशील एवम् साहित्यिक अन्तरक्रिया सम्पन्न गरेको हो । कवि/साहित्यकार मिलन समीरले सहजीकरण गरेको कार्यक्रममा वियोगीले झण्डै दुई दशक लामो पत्रकारिताको […]

Continue Reading

पार्वती देवान कृत “मेरो आकाश मेरो धरती” एक समीक्षा

भाष्कर मैनाली शर्मा, दार्जिलिङ पार्वती देवानको कवितासंग्रह “मेरो आकाश मेरो धरती” आधुनिक नेपाली कविताको क्षेत्रमा एक महत्वपूर्ण योगदानको रूपमा देखिन्छ। यस संग्रहको पहिलो प्रकाशन सन् २०२५ को अगस्तमा भएको हो। यस संग्रहमा जम्मा १२० पृष्ठहरूमा ४१ वटा कविता समावेश गरिएको छ, जसले जीवनका विविध पक्षहरू – प्रेम, संघर्ष, आत्म–खोज, नारीवाद, पारिवारिक सम्बन्ध, सामाजिक चेतना र […]

Continue Reading

सरस्वती शेर्पाको “मातृत्व” नाटक संग्रह पढेपछि

भाष्कर मैनाली शर्मा, दार्जिलिङ सरस्वती शेर्पा द्वारा लिखित एकाङ्की नाटक संग्रह मातृत्व सन् २०२५ को जुन २५ मा प्रकाशित भएको हो। १६९ पृष्ठमा फैलिएको यस कृतिमा २० वटा एकाङ्की नाटकहरू समेटिएका छन्। आकारमा मझौला देखिने यो पुस्तकले विषयवस्तुमा भने जीवनका विविध पक्षहरू समेटेको छ। यस संग्रहका नाटकहरू विशेषतः घरेलु समस्याहरूमा आधारित छन्। कुनै न कुनै […]

Continue Reading

“मैतीदेवी मन्दिर क्षेत्रका सांस्कृतिक सम्पदा” लोकार्पण सम्पन्न

१३ असोज २०८२, काठमाडौं डा.सन्ध्या खनाल पराजुलीद्वारा लिखित’मैतीदेवी मन्दिर क्षेत्रका सांस्कृतिक सम्पदा(मूर्त-अमूर्त)ग्रन्थको एक समारोहका बीच कार्यक्रमका मञ्चासिन अतिथिहरूबाट व्यक्तित्वहरूद्वारा सामूहिक रूपमा लोकार्पण सम्पन्न भयो । प्रमुख आमन्त्रित व्यक्तित्व प्रा.डा.वीणा पौड्यालले लेखिका डा.सन्ध्या आफ्नो शिष्या भएको र उनको विद्यावारिधिमा आफू जोडिन पाएकोमा गर्व लागेको बताउँदै ज्ञान भन्ने कुरा शिष्य शिष्याबाट पनि सिक्न सकिन्छ भनेर बताइन्। लोकार्पित […]

Continue Reading

नीरा श्रेष्ठको “काठको बाकस आइसबक्स अनि सपनाहरू” लोकार्पित

११ असोज २०८२, काठमाडौं । लालित्य सिर्जना समाज, ललितपुरको आयोजनामा कवि नीरा श्रेष्ठको नवीनतम् कविताकृति “काठको बाकस आइसबक्स अनि सपनाहरू” को प्रमुख अतिथि वरिष्ठ समालोचक एवं राजनीतिक विश्लेषक प्रा. डा. गोविन्द मानसिंह कार्की, विशिष्ट अतिथिहरु पूर्व मन्त्री वरिष्ठ सर्जक शंकरप्रसाद कोइराला, शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. रवि मल्ल, अनेसासका पूर्व […]

Continue Reading

दसैँमा मालसिरी गायनको महत्व

भाष्कर मैनाली शर्मा, दार्जिलिङ मालसिरी धुन र भजन दुवै रूपमा हुने गर्दछ। केही ठाउँमा मालसिरी धुन मात्रै बजाइन्छ भने केही ठाउँमा धुन संग सङ्गै मालसिरी भजन पनि गाउने गरिन्छ। मालसिरी वा मालश्री धुन विशेषतः देवी दुर्गाको पूजा र नवरात्रिको अवसरमा बजाइन्छ।यो संगीतले वातावरणलाई आध्यात्मिक र पवित्र बनाउँछ, जसले देवीको आराधना गर्न मनोवृत्तिलाई प्रेरित गर्छ।मालसिरी धुन […]

Continue Reading

१० असोज २०८२, काठमाडौं साहित्यकार प्रमोद प्रधान लिखित “नेपाली यात्रासाहित्य कृतिकोश” नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको छ । नेपाली यात्रा लेखकका जनक गगनीराजको पहिलो कृति, विसं १९५९ सालमा प्रकाशित शिखरनाथ शर्मणाको “शिखरनाथ भाष्य” जसमा गद्यपद्य दुबै समावेश छ, ती लगायत विसं २०७९ पूर्वार्धसम्म प्रकाशित ७८० नियात्रामूलक कृतिहरूको यस कोषमा समावेश भएको लेखक प्रधानले विश्वपरिक्रमालाई बताए […]

Continue Reading

मणि शर्माको “घर संसारका प्वालहरू”

भाष्कर मैनाली शर्मा, दार्जिलिङ मणि शर्मा द्वारा लिखित घर संसारका प्वालहरू उपन्यास पहिलो पटक सन् २०२४ मा प्रकाशित भएको हो। जम्मा १०२ पृष्ठमा सीमित यस पुस्तक आकारमा पातलो भए पनि विषयवस्तुको दृष्टिले भने गम्भीर, जीवनपरक र पठनीय बनेको छ। यस उपन्यासले हाम्रो दैनिक जीवनमा आउने संघर्ष, उतार–चढाव, सामाजिक यथार्थ र जीवनका सुख–दुःखलाई कलात्मक ढङ्गमा प्रस्तुत […]

Continue Reading

कालीगण्डकीको सभ्यता लोकार्पित

०४ असोज २०८२, काठमाडौं   निबन्धकार टीकाराम ढकालद्वारा लिखित’कालीगण्डकी सभ्यता’कृतिको एक कार्यक्रमका बीच मञ्चासिन व्यक्तित्वहरूबाट सामूहिक रूपमा लोकार्पण भएको छ। कृति पौराणिक तथा ऐतिहासिक पृष्ठभूमिका निबन्ध हरूको सङ्ग्रह हो। इतिहासविद् प्राध्यापक दिनेशराज पन्तको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व निबन्धकार तथा समालोचक गोपी मैनाली रहेका थिए। अन्य आमन्त्रितहरूमा प्रा.डा.भागवत ढकाल,ठाकुर शर्मा भण्डारी,डा.दुविनन्दन ढकाल,प्रा.डा.श्रीधर गौतम,सूबसेन […]

Continue Reading