६ मंसिर २०८२, नेपालगञ्ज
नेपालगञ्जको गौरव महेन्द्र पुस्तकालयको नयाँ कार्य समितिको निर्वाचन सम्पन्न भएको थियो ।
निर्वाचन परिणामअनुसार अध्यक्षमा बलराम यादव, उपाध्यक्षमा पंकज कुमार श्रेष्ठ, सचिवमा सतिस निरौला, कोषाध्यक्षमा अजय कुमार टण्डन, सह-सचिवमा ललिता उपाध्याय, महिला सदस्यहरूमा पुष्पा सुवेदी तथा चन्द्रावती अधिकारी तथा सदस्यहरूमा श्याम विहारी गुप्ता, विष्णु प्रसाद सुवेदी, मो.आरिफ अन्सारी तथा सुनिल भण्डारी निर्वाचित भएका छन् ।
निर्वाचन परिणाम अनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, महिला सदस्यहरू निर्विरोध भएका थिए भने सह-सचिव तथा सदस्यहरूको निर्वाचन भएको थियो ।
