३० साउन २०८२, वाग्लुङ
रण स्मृति पुरस्कार संस्थाले आफ्नो ३३ औं वार्षिकोत्सवको अवसरमा साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई शक्ति पुरस्कार २०८२ अर्पण गरेको छ । नगद राशि रु दश हजार , दोसल्ला र सम्मान पत्र रहेको सो पुरस्कार वरिष्ठ साहित्यकार काजी रोशनले प्रदान गरेका थिए ।
कार्यक्रमको सुरुमा साहित्यकार काजी रोशनले व्यानर पढेर कार्यक्रमको समुद्घाटन गर्दै स्व रणबहादुर खड्का र स्व शक्तिबहादुर खड्काको तस्बिरमा माल्यार्पण गरेका थिए। कार्यक्रममा साहित्यकार रोशनले नेपाली साहित्य क्षेत्र विशेष गरी कविता विधामा कवि सरस्वती श्रेष्ठ सरुको योगदान उल्लेखनिय रहेको भन्दै उनको साहित्यिक सृजना र प्रतिभाको उच्च मूल्याङ्कन गर्दै पुरस्कृत गरिएको बताए ।
कार्यक्रममा कमल बोहोरा, सीता नेपाली र नवीन शर्माले शुभकामना मन्तव्य दिएका थिए ।
सो पुरस्कार वितरण समारोहको कार्यक्रम सञ्चालन नवराज गौतमले गरेका थिए ।
