१ भदौ, २०८२ चितवन
चितवन साहित्य परिषद्ले प्रदान गर्ने चिसाप राजकृष्ण मायादेवी साहित्य पुरस्कार – २०८१ का लागि जयराम तिमल्सिनाको धीमहि उपन्यास तथा चिसाप माधव खनाल साहित्य पुरस्कार- २०८१ का लागि सुभाष घिमिरे सान्दाजु उपन्यास छनौट भएका छन् । यी दुवै पुरस्कारमा नगद ३५०४५ तथा सम्मानपत्र रहेको जनाइएको छ ।
प्राप्त जानकारी अनुसार यी पुरस्कारहरू आगामि भदौ ७ गते एक समारोहका बीच प्रदान गरिने समेत जनाइएको छ ।
