छ लाख राशीको स्वीकारोक्ति सिद्धि पुरस्कार बैरागी काईंलालाई

मुख्य समाचार

१४ जुन २०२५, द हेग, नेदरल्याण्ड

नेपाली मूलका भुटानी साहित्यकारहरुको संस्था “ग्लोबल भुटनिज लिटरेरी अर्गनाइजेसन्स” अर्थात् जीवीएलओको तीन दिने सम्मेलनको दोश्रो दिन नेपाली साहित्यका मूर्धन्य कवि वैरागी काईंलालाई ६ लाख राशीको स्वीकारोक्ति सिध्दि पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ । पुरस्कारको घोषणा स्वीकारोक्ति अभियानका डेन्जोम साम्पाङले गरेका थिए ।
यो पुरस्कार सन् २०२२ मा पहिलोपल्ट नेपाली मूलका भारतीय साहित्यकार लील बहादुर क्षेत्रीलाई अमेरिकाको पेन्सिलभेनियामा घोषणा गरिएको थियो र पछि क्षेत्रीलाई उनकै निवासमा कार्यक्रम गरी प्रदान गरिएको थियो ।
नेदरल्याण्डको द हेगमा जीविएलओको छैठौं विश्व सम्मेलन चलिरहेको छ ।
सो सम्मेलनको उद्घाटन प्रमुख अतिथि नेदरल्याण्डका लागि नेपाली राजदूत सेवा लम्सालले गरेकी थिईन् ।
सो सम्मेलनमा बेल्जियम, बेलायत, स्लोभानिया, फ्रान्स, नर्वे, पोल्याण्ड, डेनमार्क, न्यूजिल्याण्ड, अमेरिका, नेदरल्याण्ड लगायतका मुलुकका प्रतिनिधिहरूले भाग लिइरहेका छन् ।
बैरागी काईंलालाई यो पुरस्कार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने कुरा थाहा भएको छ ।

०००