३ कार्तिक २०८०, चितवन
विसं २०७९ को एक लाख पच्चीस हजार राशीको कविडाँडा आख्यान पुरस्कार देवी प्रसाद सुवेदीको ॠग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक सांस्कृतिक उपन्यास “मनु” लाई प्रदान गरिने घोषणा भएको छ । चितवनमा एक पत्रकारे सम्मेलनको आयोजना गरी सो घोषणा गरिएको कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
कविडाँडा साहित्य प्रतिष्ठानले यो पुरस्कार हेतु प्राप्त पुस्तकहरुमध्येबाट पहिलो चरणमा १५ कृतिको सूचि निकालेको थियो जसमा जानुका खतिवडाको “आतोवोड़ा”, विवेक ओझाको “ऐँठन”, गोपी सापकोटाको “चिसो बाफ”, मनोज चौधरीको “टुवरा” ,रामलाल जोशीको “बाआमा”,देवीप्रसाद सुवेदीको “मनु”, सञ्जय विष्टको “माटाको घर”,हरिबोल काफ्लेको “यशोधरा”,रेनुका जीसीको “सनेस” तथा अशोक थापाको “सन्तापको धुन” परेका थिए ।
पहिलो चरणको १५ कृतिहरुमध्य दोश्रो चरणमा जानुका खतिवडाको ‘आतोओडा’, विवेक ओझाको ‘ऐँठन’, रामलाल जोशीको ‘बाआमा’, देवीप्रसाद सुवेदीको ‘मनु’, र अशोक थापाको ‘सन्तापको धुन’ गरी ५ कृति छनोटमा परेका थिए ।
मूलत समीक्षा समालोचना तथा अनुसन्धानात्मक लेखनका लागि परिचित साहित्यिक स्तम्भकारका रुपमा समेत परिचित विद्वान् हुन् । आख्यानको क्षेत्रमा उनको यसअघि एक कृति ” सिपाही र जूलूस” (विसं २०५५) प्रकाशित थियो । उनले विसं २०१८ सालमा “वर्षाको मेघसँग” कविता प्रकाशनबाट साहित्य लेखनमा प्रवेश गरेका थिए ।
