१४ जुन २०२५, द हेग, नेदरल्याण्ड
नेदरल्याण्डको द हेग मा चलिरहेको ग्लोबल भुटनिज लिटरेररी अग्गनाइजेसन अर्थात् जीवीएलओको छैठौं विश्व सम्मेलनमा ३ नेपाली कितावको विमोचन सम्पन्न भएको छ । विमोचित पुस्तकहरुमा गोपाल पौडेलको “धुलोमा हिरा” खगीन्द्रा खुसीको “खुशीको गाउँ” र याम राईको “याम एक सापेक्ष” रहेका छन् ।
पुस्तकको विमोचन कार्यक्रमका प्रमुख अतिथि नेदरल्याण्डका लागि नेपाली राजदूत सेवा लम्साल, जीवीएलओका अध्यक्ष कर्ण गुरुङ, कवि दीपा राई पुन, डेन्जोङ साम्पाङ लगायतले संयुक्त रुपमा गरेका थिए र ती पुस्तकहरुको वारेमा गोपाल पौडेल, ईश्वर ढकाल, पातलो अन्तरे तथा कर्ण गुरुङले मन्तव्य प्रकट गरेका थिए ।
