नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूको मनोनयन

मुख्य समाचार

२२ साउन २०८३, काठमाडौं

नेपाल प्रज्ञा–प्रतिष्ठानको पदाधिकारी रिक्त अवस्था समाप्त भएको छ ।
नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव जयनारायण तिवारी हस्ताक्षरित विज्ञप्ति २२ साउन २०८३ का अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिस बमोजिम प्रधानमन्त्री वालेन शाहले साउन १९ गते मनोनयन गरेका हुन् ।
बिज्ञप्ति अनुसार कुलपतिमा कुमार नगरकोटी, उपकुलपतिमा अविनाश श्रेष्ठ
तथा सदस्य सचिवमा रोशन शेरचन मनोनयन भएका छन् ।
त्यस्तै विभिन्न विभागका प्राज्ञ परिषदका सदस्यहरुमा कृष्णराज चौधरी, तीर्थबहादुर गुरुङ, दुर्गाबहादुर घर्तीमगर, नविन नेपाली, दिपक सापकोटा, प्रतिसरा मानन्धर, रुपा कुमारी तथा सीता सुब्बा मनोनयन भएका छन् ।
त्यसै गरी सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतित्वमा प्राज्ञ परिषदको मनोनयन भएको छ भने एरिणा ताम्राकारको कुलपतित्वमा ललीतकला प्रज्ञा प्रतिष्ठानको मनोनयन भएको छ ।
विज्ञप्ति अनुसार प्राज्ञ परिषदका पदाधिकारीका साथै तीवटै प्रज्ञा प्रतिष्ठानमा प्रज्ञा सभा सदस्यहरू समेत मनोनयन भएका छन् ।
स्मरणीय छ केही समय पहिले मिडियामा आएको अपुष्ट समाचारमा नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कुमार नगरकोटी, उपकुलपतिमा अविनाश श्रेष्ठ तथा सदस्य सचिवमा रामलाल जोशी नियुक्ति हुँदै गरेको बताइएको थियो । तर रामलाल अधिकारीले आफू प्रज्ञा प्रतिष्ठानको कुनै पनि पदमा जान ईच्छुक नभएको भन्दै विज्ञप्ति निकालेका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठान रोयल नेपाल एकेडेमीको रुपमा राजा महेन्द्रले विसं २०१४ सालमा स्थापना गरेका थिए । पछि उनले सो पद केदारमान ब्यथितलाई हस्तान्तरण गरेका थिए । समयको क्रममा यसको नाम नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान राखियो र बिसं २०६२्६३ को जनआन्दोलनपछि नेपालबाट राजसंस्था हटाउने निर्णयपस्चात् नेपालका सबैजसो संस्थाको नाममा जोडिएको राजकीय शब्द हटाउने क्रममा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको नाम हाल नेपाल प्रज्ञा प्रतिष्ठान रहेको छ ।

०००