मृत्यु-उत्सव कविताकृति लोकार्पित

मुख्य समाचार

२५ बैशाख २०८३, काठमाडौं

कवि शेखर ढुङ्गेलको कविताकृतिमृत्युउत्सवको लोकार्पण भएको खबर छ।
साहित्यिक पत्रकार संघको आयोजित कार्यक्रममा मञ्चासिन अतिथिहरू कलाकार मदन दास श्रेष्ठ, कलाकारतथा कवि नरेन्द्र बहादुर श्रेष्ठ,समालोचक प्रमोद प्रधान,वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ,साहित्यकार गोविन्द गिरीप्रेरणा,इतिहासविद् प्रा.डा. सुरेन्द्र केसी,अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी,पत्रकार देवप्रकाशत्रिपाठी,नेपाल गीतकार संघका अध्यक्ष वसन्त थापावित्यासी‘,अनेसास के..तारा उप्रेती ( क्यानडा ) तथा सर्जकसाबु गदालले सामूहिक रूपमा सो कृतिको लोकार्पण गरे ।साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममाकविताकृतिमृत्युउत्सवका भूमिका लेखक समेत रहेका समालोचक प्रमोद प्रधानले लोकार्पित कृतिका बारेमासंक्षेपमा प्रकाश पार्दै समीक्षात्मक टिप्पणी पेश गरेका थिए।

कार्यक्रमका सभापति साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले आफ्नो स्वागत मन्तव्यमा ५३ वर्षपूरा गरी ५४ औँ वर्षमा प्रवेश गरेको साहित्यिक पत्रकार संघको विगत कोट्याउँदै नेपाली भाषा,साहित्य,कला संस्कृतिको उन्नयनमा पुर्याउँदै आएको योगदानको चर्चा गरेका थिए।

लोकार्पित कृतिभित्रबाट कविहरू सुमन थापा सङ्गमलेढुङ्गा, कवि गीता कार्कीलेमैले च्यातेँ प्रमाणपत्र कविमणि लोहनीलेमृत्युशीर्षकको कविता वाचन गरेर सुनाएका थिए।

कार्यक्रममा प्रा.डा.सुरेन्द्र केसी,मदनदास श्रेष्ठ तथा देव प्रकाश त्रिपाठीले शुभकामना मन्तव्य राख्दै कविढुङ्गेललाई सुन्दर कृतिका लागि बधाई दिएका थिए।

कार्यक्रममा कवि ढुङ्गेललाई साहित्यिक पत्रकार संघको तर्फबाट सम्मान गरिएको थियो भने कवि ढुङ्गेलकातर्फबाट पुस्तकको सुन्दर आवरण बनाउने कलाकार कवि नरेन्द्र बहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संघकी कोषाध्यक्ष कवि पद्मावती सिंहले धन्यवाद ज्ञापन गरेकी थिइन् भने गीतकार तथा कलाकारनरहरि प्रेमीले कार्यक्रमको सञ्चालन गरेका थिए।

०००

(सुभाषचन्द्र पौडेलभीमफेदीया‘को सहयोगम)