१५ चैत २०८२, काठमाडौँ।
उपन्यासकार नीलम कार्की निहारिकाको नयाँ उपन्यास ‘राजमाता’ काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आइतबार आयोजित कार्यक्रममा लोकार्पण सम्पन्न भयो । उपन्यासलाई संस्कृतिविद् प्रा. वीणा पौड्याल र लेखक स्वयम् निहारिकाले संयुक्त रूपमा उपन्यास लोकार्पण गरे।
कार्यक्रममा संस्कृतिविद् पौड्यालले उपन्यास ‘राजमाता’बारे समीक्षात्मक टिप्पणी गरिन्। उनले उपन्यासमा इतिहासको एक हिस्सा सार्वजनिक गरिदिएको बताइन्।
लेखिक निहारिकाले आफ्नो पुस्तक लेखनयात्राबारे चर्चा गरिन्। ‘राजमाता’ लेखन क्रममा मनमा अनेक विचलन आए पनि उपन्यास लेखेरै छाडेको उनको भनाइ छ। पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको बताइन्।
०००
