नेपाल स्रष्टा समाजको स्थापना दिवसमा स्रष्टा सम्मान तथा कृति लोकार्पण

मुख्य समाचार

१६ पुस २०८२, काठमाडौं

नेपाल स्रष्टा समाजको १९ औँ स्थापना दिवसका अवसरमा एक विशेष कार्यक्रमकाबीच स्रष्टा सम्मान तथा पुस्तक लोकार्पण गरिएको छ।

कार्यक्रममा कवि प्रल्हाद पोखरेललाई नगद रकम रू २१,१११/-को सुभद्रा-विश्वराज स्रष्टा सम्मान तथा युवा साहित्यकार अनिता पन्थीलाई नगद रकम रू १५,००१/-को प्रसिद्ध कँडेल युवा स्रष्टा साहित्य सम्मान अर्पण गरिएको थियो।

सो अवसरमा जीवनाथ पोखरेलको कथासङ्ग्रह’फेसबुकको करामत’तथा अम्बु बिहानीको’अतृप्त रहरहरू’मुक्तकसङ्ग्रह लोकार्पण गरिएका थिए।

कार्यक्रममा प्रा.डा.गोविन्दमानसिंह कार्कीले लोकार्पित दुबै कृतिका बारेमा समालोचकीय टिप्पणी पेश गरेका थिए। अम्बु बिहानीको अतृप्त रहरहरूमा प्रेम,आँसु,बिछोडका कुरा,निष्ठुरी मन,मायाको व्यापार,बेरोजगार युवाहरूको पीडा सामाजिक विकृति र विसंगति मुखरित भएको बताए। त्यसैगरी,उनले जीवनाथ पोखरेलको फेसबुकको करामतमा पनि प्रेम,बिछोड,जातीय भेदभाव,सामाजिक विकृति,जागिरे

अनुभवयौन प्रसङ्गहरू छताछुल्ल भएको बताए।२४ थान कथामा १७ थान कथाप्रेमसँग सम्बन्धित रहेको बताए

कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व प्रा.डा.अभि सुवेदीले साहित्य र संगठनको कार्य ज्यादै कठिन भएकोले बिना आग्रह पूर्वाग्रह संस्था चलाउन सकेकोमा हार्दिक धन्यवाद दिँदै सम्मानित दुबै जनालाई बधाई दिएका थिए।

समाजका संरक्षक पवन आलोकले समाजको स्थापनादेखिअहिलेसम्म गरिएका कार्यक्रमहरूका बारेमा संक्षेपमा प्रकाश पार्दै हाल समाजबाट दिइने पुरस्कारहरूवटा रहेकोआजीवन सदस्य संख्या ३५० भन्दा बढीको रहेको बताए

पुरस्कार स्थापनाकर्ताहरू कवि विधान आचार्यडा.चेतनाथ कँडेल दुबैले पुरस्कार स्थापनाका बारेमा संक्षेपमा प्रकाश पारेका थिए।कवि आचार्यले आफ्ना पिता पनि छन्दका कवि भएको स्मरण गर्दै शास्त्रीय छन्दमा कविता लेख्ने कविहरू लाई पुरस्कृत गर्ने गरेको बताएका थिएत्यसैगरी,डा.चेतनाथ कँडेल अमेरिकामा रहेका छोरा प्रसिद्ध कोरोनाका कारण निधन भएपछि उनको स्मृतिमा युवा स्रष्टा सम्मान पुरस्कार राखिएकोउनको नाममा पुरस्कार राखेर युवा स्रष्टा सम्मान गरी पीडा घटाउन चाहेको बताए

लोकार्पित पुस्तकका स्रष्टाहरू जीवनाथ पोखरेल तथा अम्बु बिहानीले पनि आ-आफ्नो मन्तव्य राखेका थिए

कार्यक्रममा सम्मानित व्यक्तित्वद्वय प्रल्हाद पोखरेल तथा अनिता पन्थीले छोटो मीठो मन्तव्य राख्दै सम्मानपुरस्कार का लागि आभार प्रकट गरेका थिए

सभाका सभापति तथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले १८ वर्ष पूरा गरी १९ औँ वर्ष प्रवेश गरेको समाजले गरेका कार्यक्रमहरूका बारेमा संक्षेपमा प्रकाश पार्दै उनले पुरस्कारको चयन प्रक्रिया पारदर्शी हुने गरेको बताउँदै नेपाली भाषा साहित्यमा उल्लेख्यनीय योगदान पु-यानउने स्रष्टाहरूलाई सम्मान गरेर समाज स्वयम् सम्मानित भएको बताए।लोकार्पित कृतिका स्रष्टाद्वयलाई पनि उनले बधाई दिएका थिए

समाजकी सदस्य तारा सुवेदीको संयोजकत्वमा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा भएको सो कार्यक्रममा तारा सुवेदीले स्वागत मन्तव्य राखेकी थिइन्।

सो कार्यक्रमको सञ्चालक कवि मधु पाठक रहेका थिए।

०००

(सुभाषचन्द्र पौडेल’भीमफेदीया’ काठमाडौंको सहयोगमा)