१३ जुलाई २०२५, टेक्सास, अमेरिका
भानु जयन्तिको अवसरमा श्री कृष्ण प्रणामी हिन्दु समाजको आयोजनामा कथाकार श्यामप्रसाद श्रेष्ठको कथा संङ्ग्रह “कठै”सार्वजनिक गरिनुका साथै सो कृतिको चर्चा कार्यक्रम सम्पन्न भयो ।
पुस्तक सार्वजनिक गरे पश्चात् आयोजक संस्थाको निवर्तमान अध्यक्ष राजेन्द्र वाग्लेले पुस्तकको बारेमा संक्षिप्त चर्चा गरेका थिए ।
लघुकथा केन्द्रकी अध्यक्ष लता केसीले लघुकथाको विकासमा संस्थाले खेलेको भूमिका र लघुकथा लेखनबारे चर्चा गरेकी थिइन् ।
कार्यक्रममा विवेक शर्मा गौतमले लघुकथा, डा .सुनिल खनालले गजल र कवि सुवास दंगाल र सागर खतिवडाले कविता वाचन गरेका थिए ।
सो समारोहमा राजेन्द्र वाग्ले,नुरनाथ सुवेदी र कृतिकार श्यामप्रसाद श्रेष्ठ समेतले मन्तव्य राखेका थिए ।
कार्यक्रम आयोजक संसथाका अध्यक्ष दीपक ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रम सञ्चालन सुवास दंगालले गरेका थिए ।
०००
