विश्व नेपाली साहित्य महासङ्घमा नयाँ नेतृत्व

मुख्य समाचार

१३ जुलाई २०२५, काठमाडौं

आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा आयोजित विशेष समारोहमा विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयन भएको छ ।
डा. लेखनाथ काफ्ले (ताइवान) को अध्यक्षतामा चयनित नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा डेन्जोम साम्पाङ (अमेरिका), उपाध्यक्षहरूमा गोविन्द गौतम (रूस), विजय हितान (बेलायत), सुनिता राई कन्दङ्वा (काठमाडौं) र डा. मनमुर्ती भुर्तेल (रूस) महासचिवमा देविका मंग्राती राई (खर्साङ, भारत), संगठन सचिवमा कल्पना पौडेल जिज्ञासु (नेपालगञ्ज), कोषाध्यक्षमा भीम विरही राई (धरान) चयन भएका छन् । त्यस्तै कार्य समितिका सदस्यहरूमा ऋषिराम सापकोटा (नेपालगञ्ज), कपिल अधिकारी (ताइवान), कविता राई (भोजपुर), कृष्णप्रसाद गौतम (इटहरी), केबी पौडेल (जापान), देवीबहादुर इङ्नाम (जापान), नवराज न्यौपाने (नेदरल्याण्ड), मणिराज सिंह (काठमाडौं), मोहनराज खनाल (बर्मा), रीतादेवी प्रधान (अमेरिका) र लेखप्रसाद प्याकुरेल (लुम्बिनी) चयन भएका छन् ।
त्यसै गरी सल्लाहकारमा डा. मधु माधुर्य (अमेरिका), विश्वास दीप तिगेला (बेलायत), सुरेन्द्र लिम्बू परदेशी (भारत), प्रा. डा. भीम खतिवडा (धरान), प्रा. डा. दिवाकर प्रधान (भारत), डा. घनश्याम परिश्रमी (नवलपुर), नवराज पोख्रेल (रोमानिया), शरद प्रधान (काठमाडौं) र हिक्मत थापा (नाइजेरिया) रहेका छन् ।
नयाँ कार्यसमितिका पदाधिकारीहरूको नामावली निर्वाचन मण्डलका संयोजक प्रा. डा. भीम खतिवडाले घोषणा गरेका हुन् । निर्वाचन मण्डलका सदस्य डा. मधु माधुर्य र विश्वासदीप तिगेला रहेका थिए ।
सो कार्यक्रममा डा. मधु माधुर्यले नवनिर्वाचित पदाधिकारीहरूलाई सपथ गराएका थिए ।
कार्यक्रमको आरम्भमा महासङ्घको नियमित मुखपत्र ‘साहित्य संसार’ पत्रिकाको नयाँ अङ्क विमोचन गरिएको थियो । सो अवसरमा ताइवानमा रही लामो समयदेखि नेपाली साहित्यमा सक्रिय योगदान पुर्‍याउँदै आएका कपिल अधिकारीलाई यस वर्षको उत्कृष्ट स्रष्टा सदस्य घोषित गरिएको थियो ।
सन् २०१० मा भानुजयन्तीकै दिन स्थापित विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति हालसम्म विश्वभर २४ देशमा राष्ट्रिय शाखा र नेपालमा ‘नेपाल शाखा अन्तर्गत प्रदेश, जिल्लागरि जम्मा ५६ शाखाहरू बिस्तार भएका छन् ।

०००