१५ असार २०८२, चितवन
खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले अध्यक्ष जीवा लामिछाने हस्ताक्षरित एक प्रेस विज्ञप्ति मार्फत नेपाली साहित्यका विसं २०८१ सालमा प्रकाशित कृतिहरूमध्ये प्रतिष्ठानलाई प्राप्त २०३ कृतिहरूमध्ये १५ कृतिहरुको विस्तारित सूचि प्रकाशित गरेको छ ।
प्रतिष्ठानले अकारादि क्रममा प्रकाशित सूचिमा अर्हत (उपन्यास) शैलेन्द्र अधिकारी, उरमाल (आख्यान), छुदेन काविमो, एउटा मायी नगरमा (कथा संग्रह) रमेश क्षितिज, छालबाटो (गैह्र आख्यान) रमेश भुसाल,
प्रणाम सगरमाथा (नियात्रा) भवानी खतिवडा, प्रवासीको देश हुन्न (आख्यान) पंचम अधिकारी, पानीको परेड (कविता) दिनेश अधिकारी, बहुरुपी (कथासंग्रह) श्रेयज सुवेदी, रुदाने (उपन्यास) टंक चौलागाई, स्व (उपन्यास) सरस्वती प्रतीक्षा, साँझमा सेल्फी (कविता) हेम प्रभास, सावर्णि (उपन्यास) डा श्रीधर खनाल, सिमसारा (आख्यान) वसन्त बस्नेत, श्री ५ को सेवामा (संस्मरण) हेमन्त मिश्र तथा हिउँको गीत (उपन्यास) तीर्थ गुरुङ रहेका छन् ।
यस वर्षका १५ कृतिहरूमा सर्वाधिक सात उपन्यास, तीन कथा सङ्ग्रह, दुई नियात्रा, दुई कविता सङ्ग्रह तथा एक संस्मरण विधाका कृतिहरू रहेका छन् ।
स्मरणीय छ यी १५ कृतिका लेखकहरू मध्ये दिनेश अधिकारी मदन पुरस्कार प्राप्त कवि हुन् । उनले “अतिरिक्त अभिलेख” कविता सङ्ग्रहका लागि विसं २०५६ सालको मदन पुरस्कार पाएका थिए ।
०००
